जापान । जापान सरकारले दुई प्रणाली अन्तर्गत १२ लाख ३० हजारभन्दा बढी विदेशी कामदारहरू स्वीकार गर्ने निर्णय गरेको छ । दक्ष कर्मचारीहरूको लागि र नयाँ तालिम कार्यक्रम अनतगर्त जापान सरकारले मार्च २०२९ को अन्त्यसम्ममा १० लाख कामदारहरू स्वीकार गर्ने आफ्नो योजना विज्ञहरूको प्यानलमा प्रस्तुत गरेको छ।
यसले निर्दिष्ट दक्ष कामदारहरूको लागि हालको प्रणाली अन्तर्गत बिभिन्न १९ क्षेत्रमा ८लाख५ हजार ७०० मानिसहरूलाई स्वीकार गरिने बताएको छ। उद्योगको हिसाबले, १लाख ९९ हजार ५०० औद्योगिक उत्पादनहरूको निर्माणमा, १लाख ३३अजार ५०० खाद्य तथा पेय पदार्थहरूको निर्माणमा र १लाख २६हजार ९०० नर्सिङ हेरचाहमा हुनेछन्।
अप्रिल १, २०२७ मा लागू हुने अर्को प्रणालीले विदेशी कामदारहरूलाई प्रशिक्षित गर्ने लक्ष्य राखेको छ ताकि उनीहरूले सिद्धान्ततः तीन वर्षमा निर्दिष्ट दक्ष कर्मचारीहरूको स्तर प्राप्त गर्न सकून्। यस प्रणाली अन्तर्गत १७ क्षेत्रमा कुल ४लाख २६ हजार २०० मानिसहरूलाई स्वीकार गरिनेछ।
उद्योगको हिसाबले, १लाख २३ हजार ५०० निर्माण क्षेत्रमा, १लाख १९ हजार ७ सय औद्योगिक उत्पादन क्षेत्रमा र ६१ हजार ४ सय जना खाद्य तथा पेय पदार्थ उत्पादन क्षेत्रमा हुनेछन्। अधिकारीहरूले यो अधिकतम संख्या भएको बताएका छन्, किनकि उनीहरूले जापानमा सुरक्षित गर्न सकिने कर्मचारीहरूको संख्या र उत्पादकत्वमा अपेक्षित वृद्धिको गणना गरेका छन्। सरकारले योजनामाथि बहस गर्ने र जनवरीमा मन्त्रिपरिषद्बाट अनुमोदन गराउने योजना बनाएको छ। साभार–एनएचके वल्ड
