काठमाडौं । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ । तत्कालीन नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, लगायतका ५ दल एकीकरण भएर ५ वटै दल खारेज भएर नयाँ दल नेकपा दर्ता भएपछि १२६ दलबाट घटेर १२२ मा पुगेको हो ।
यस्तै थप एक दल नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा प्रवेश गरेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिन सकिने अवस्थामा पुगेको आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए । आयोगमा यसरी दर्ताका लागि कागजात पेश भएका २८ वटै दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए । यो बीचमा आजका दिनमा पनि दर्ता भएका राजनीतिक दलको संख्या १२२ वटा नै छ । यो बीचमा ७ वटा राजनीतिक दल खारेज भए । र यति नै थपिए,’ भट्टराईले भने, ‘अहिले २८ वटा दल दर्ताका लागि पाइपलाइनमा छ । उहाँहरू दल दर्ताको प्रक्रियामा हुनुहुन्छ ।’ कागजात लिएर कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको उनले बताए ।
‘खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने । यसमा कतिवटा नयाँ दल जेनजीका वा अन्य अरुका भने छुट्टाउने काम भने आयोगले नगरेको उनले जानकारी दिए ।
