काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको छ । क्षतिग्रस्त सिंहदबार धमाधम कम्पाउन्डिङ जालीले छोपिएको हो ।
भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेको थियो । आगजनीको कारण भवन क्षतिग्रस्त भएको छ । सिंहदरबारका अधिकांश संरचना जलेर क्षतिग्रस्त भएको छ ।
कहिलेदेखि मर्मत गर्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । आगजनीकै कारण केही भवनहरु प्रयोग गर्न नमिल्ने प्राविधिकहरुले बताएका छन् । यसअघि सिंहदरबार परिसरमा जलेका सवारीसाधनहरु हटाइएको थियो ।
