जनकपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले अहिलेको सरकार दुईभन्दा बढी दलको सहमतिमा बनेको हुँदा सहयात्री सबै दललाई समेटेर अघि बढ्न जरुरी रहेको आवश्यकत्ता औंल्याएका छन् । तर, तत्काल सरकार परिवर्तन नहुने थापाको भनाई छ ।
सर्लाहीमा हुने कार्यक्रममा सहभागी हुन आज जनकपुर विमानस्थल ओर्लिएका थापाले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । पार्टीको १५औं महाधिवेशनको मिति दशैंलगत्तै टुँगो लाग्नेपनि थापाले स्पष्ट पारे । उनले नयाँ क्रियाशील सदस्यता वितरण र पार्टी विधान संशोधनको कामसमेत आगामी महाधिवेशनअन्तर्गत हुने बताए ।
उनले १५औं महाधिवेशनमा आफ्नो दाबी कुन पदमा रहने भन्ने कुरा अहिले नभन्ने पनि स्पष्ट पारे । उनले अहिले महामन्त्रीको जिम्मेवारीमा रहेकोले यही जिम्मेवारी पूरा गर्नेतर्फमात्र सोचेको पनि प्रष्ट्याए ।