काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सचिवालय बैठक बुधबार पार्टी कार्यालय, वनस्थलीमा सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टी संगठनको सुदृढीकरण, विभागहरूको क्रियाशीलता र प्रदेश इन्चार्जहरूको कार्यसम्पादनसहित चार प्रमुख कार्यसूचीमा विस्तृत छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
पार्टीका आन्तरिक संरचनालाई थप मजबुत बनाउने र जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यमा बैठक केन्द्रित रहेको थियो। छलफलमा हस्ताक्षर अभियान, आगामी पार्टी प्रशिक्षण कार्यक्रमहरू र समग्र संगठन सम्बन्धी गतिविधिहरूको जानकारी र भावी योजनाबारे समीक्षा गरिएको थियो। बैठकको दोस्रो महत्त्वपूर्ण एजेन्डाका रूपमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभाग लगायतका विभागहरूको क्रियाशीलतामाथि छलफल भयो।
यी विभागहरूलाई थप प्रभावकारी बनाउने र पार्टीका नीति तथा कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्याउने विषयमा रणनीति बनाइएको छ। त्यसैगरी, प्रदेश इन्चार्जहरूको कार्यसम्पादन समीक्षा गर्दै उनीहरूको भूमिकालाई अझ सशक्त बनाउने विषयमा पनि बैठकमा गहन छलफल भएको प्रवक्ता झाले बताए।
प्रदेश तहमा पार्टीको उपस्थिति र गतिविधि बढाउन इन्चार्जहरूको कार्यसम्पादनलाई महत्त्वपूर्ण मानिएको छ। बैठकमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर(३ मा उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन विधिका विषयमा समेत छलफल भएको थियो। विविध एजेन्डाअन्तर्गत, प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि ९पालिका परिषद् कार्यविधि र जिल्ला अधिवेशन कार्यविधि समेत० लगायतका विषयमा छलफल भएको थियो।