काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ । शपथ पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुने कांग्रेस प्रचार समितिले जनाएको छ ।
थापा कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि हुने कांग्रेसले जनाएको छ ।
