काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको छ । संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेकोहो ।
सभामुख देवराज घिमिरेले समितिको सभापति लामो समयसम्म रिक्त नराख्न भनेका थिए । यो समितिको सभापतिमा नेपाली कांग्रेसले नै दाबी गर्ने भनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज समितिको सभापतिको उम्मेद्वार तय गर्न पदाधिकारी बैठक राखेका छन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेको बताईन्छ । देउवाले सो समितिको सभापतिमा पठाउने सांसदको नाम आज तय गर्ने भएका हुन् । धेरैले समितिको सभापतिको लागि आकांक्षा राखेका छन् ।