काठमाडौं । प्रतिनिधिसभा सांसदहरुसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकुलताको कारण सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो ।
नेकपा ( एमाले ) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली आज संसद् बैठकमा उपस्थित नहुने बताए । बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने जानकारी गराएका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।