काठमाडौं । १७ औं नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरे। नेपाल अटोमोबाइल्स एसोसियसन९नाडा० को आयोजनामा थालिएको अटो शो भदौ ८ गतेसम्म चल्नेछ।
अटो शो मा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी राखेका छन्। विशेषगरी उड्ने कारमा दर्शकहरुको घुइँचो देखिएको छ।यसपटक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले विशेष आकर्षणको रुपमा उड्ने कार प्रदर्शनीमा राखेको छ।
१७औँ नाडा अटो शोमा दिपलको उड्ने कार प्रदर्शनीमा राखिएको हो। यसबाहेक मानवीकृत रोबोट पनि प्रदर्शनीमा अवलोकनकर्ताले हेर्न पाउनेछन्।