नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई बेपत्ता भएकी ३२ वर्षिया कमला बलामीको खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको छ । सो घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको छ ।
सो खोललो पशुचौपाय लगायत अन्य सामान बगाएको छ । यसैगरी डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाको कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षती भएको छ । उक्त स्थानमा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाईते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।