काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का महामन्त्री धवल शमशेरले गत चैत १५ गते तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको दाबी गरेका छन् । आज ९आइतबार० प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा राज्यको तर्फबाट व्यक्तिको हत्या भएको दाबी गरेका हुन् । नेता जबराले मञ्चमा राष्ट्रिय गान बजिरहेको बेलामा अश्रुग्यास प्रहार भएको बताए । तीनकुनेको दुर्घटना आफूहरुको कारणले नभएको उनको दाबी छ ।
‘चैत १५ गते तिनकुनेमा भएको घटना पनि राज्यको आतङ्कले व्यक्तिको हत्या भएको छ, व्यक्ति जलेको छ । घर–घरबाट, माथिमाथिबाट अश्रु ग्यास हानेको छ । मञ्चमा राष्ट्रिय गान बज्दाखेरी त्यहाँ अश्रु ग्यास आएको छ । अहिलेसम्म कति आन्दोलन भयो, हामी सबैले आन्दोलन खेपेका छौं, गरेका छौं, कहिले पनि मञ्चमा अश्रुग्यास आएको थाहा पाएको छ रु त्यहाँ दुर्घटना भएको हामीले होइन, राज्यको आतङ्कले हो,’– उनले भने ।
साथै, तीनकुनेको घटना दुर्गा प्रसाईँको कारण पनि नभएको उनको दाबी छ । प्रसाईँले निमुखा जनताको सेवा गरेको उनले बताए । तीनकुने घटनाबारे छानविनका लागि आफूहरुले समितिको माग गरिरहेको भए पनि सरकार डराइरहेको उनले बताए ।
‘दुर्गाजीले पनि निमुखा जनताको सेवा गर्न लाग्नुभएको छ । उहाँले पनि त्यो आतङ्क मच्चाएको होइन । जनता त्यहाँ भड्किएको हो । राज्यले भड्काएर आतङ्क भएको हो । त्यसको लागि हामीले छानविनको माग गरेका छौं । सरकार छानविन गर्न किन डराइरहेको छ ? मैले बुझिनँ,’– उनले भने ।