काठमाडौं । सरकारले दक्षिण कोरियामा ‘डी टु’ र ‘डी फोर’ भिसामा स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी स्थगित् गर्दा विभेद र असमान व्यवहार गरेको भन्दै पीडित विद्यार्थीहरुले आक्रोश पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले तत्काल रोकिएको एनओसी खोल्नुपर्ने र यसको लागि सरकार संवेदनशील हुनुपर्ने माग राखेका छन ।
एनओसी रोकिएका विद्यार्थी आयु सिंहले आधिकारिक कारण र पूर्व जानकारीबिना आफूहरुको एनओसी रोकिएको भन्दै आक्रोश पोखे । उनले भने,‘हामी ब्ल्याकलिष्टेड युनिभर्सिटीमा जान मिल्दैन् । एनओसी किन भ्यालिड रिजन बिना बन्द गर्नुभयो रु म सरकारलाई प्रश्न गर्न चाहन्छु । कतै चलखेल त भएको छै रु विद्यार्थीको भविष्य अन्धकार बनाउनको लागि हो रु’ उनले सरकारले मात्रै नभएर अहिले सर्वोच्च अदालतले समेत आफूहरुलाई अन्याय गरेको बताए ।
एनओसी रोकिएपछि विभिन्न ८ जना जना विद्यार्थीले अदालतमा रिट दायर गरेको र उनीहरुको एनओसी प्राप्त भएको घट्ना स्मरण गराउँदै आफूहरुलाई भने बञ्चित गरिएको उनको भनाई छ । शिक्षा मन्त्रालयले निकालेको नोटिसअनुसार बैशाख २७ गते भन्दा अगाडि एनओसी अप्लाई गर्नेले पाउने र त्यसपछि गर्नेले नपाउने भनिएको छ । सिंहले त्यसलाई भेदभाव गरिएको भनेका छन् । उनले भने,‘हामी एकदमै अन्याय र विभेदमा परेका छौं । बैशाख २७ गतेपछि एनओसी अप्लाई गर्नेहरुको रिजेक्ट भएको छ । एक ईन्टेक अघि सूचना निकालेर बन्द गर्नु गलत हो ।’
यस्तै, अभिभावक दुर्गा कुँवरले एनओसी रोकिँदा आफूहरु अभिभावक ठूलो मर्कामा परेको सुनाए । उनले भने,‘हामी त मर्कामा परेका छौं । विद्यार्थीहरुलाई अन्यायपूर्ण काम गरेको छ । तत्कालको लागि एनओसी खुला गरियोस । मेरो दुई बच्चा कोरिया गैसकेका छन् । उनीहरुको पढाई राम्रो छ । अब कान्छो छोराले पनि सबै तयारी गरेको छ । तर, एनओसी रोकिदिँदा अहिले अन्यायमा परियो ।’
त्यस्तै, अर्की विद्यार्थी ल्हामु शेर्पाले आफू २०२५ सेप्टेम्बर इनटेकको लागि अप्लाई गरेको विद्यार्थी भएको उल्लेख गर्दै अहिले एनओसी रोकिँदा ठूलो मारमा परेको बताईन् । उनले भने,‘मैले समय धेरै लगानी गरेको छु । यसरी पूर्व सूचनाबिना एनओसी बन्द गरेको छ । ८ जनाले मुद्दा हाल्नुभयो, उहाहरुलाई मात्रै न्याय मिल्ने अनि कि त दिएपछि सबैलाई दिनु, तर विभेद नगर्न म सरकारलाई अनुरोध गर्दछु ।’
यस्तै, अर्की विद्यार्थी तारा ढकालले आफूहरु सबै विद्यार्थीको पीडा बोकेर मिडियामा आएको बताईन् । उनले भने,‘यो सबै विद्यार्थीहरुको सामूहिक पीडा हो, कोरियाको टप युनिभर्सिटीमा एप्लाई गरेका छौं । राज्यले सामान व्यवहार गर्नुपर्यो । बैशाख २७ गतेअघि र अदालत गएकालेमात्रै न्याय पाउने अनि हामीले किन नपाउने रु’
यस्तै, सराना नकर्मीले पढ्न जानको लागि सबै प्रोसेङिको बीचमा र भिसा लजमेन्ट गर्ने बेलामा एक्कासी एनओसी रोकिनु गलत भएको भन्दै सरकारको ध्यानाकार्षण गराईन् । उनले भनिन्,‘हामीले यसरी एक्कासी एनओसी रोकिँदा प्रोटेष्टसमेत गर्यौं । यसरी विरोध तथा प्रदर्शन गर्न थालेको एक महिना भैसक्यो । सरकारले यसरी रोकिदिनु गलत हो । विदेश जाने भनेको दुःख गर्न जाने हो । अध्ययन सकेर आफ्नै देश फर्किने हो ।’
यस्त्ै, अञ्जना राई दनुवारले पनि एनओसी रोकिँदा आफूहरु ठूलो मारमा परेको भन्दै तत्काल खोल्न माग गरिन् । उनले आफूपनि सेप्टेम्बर इनटेकको विद्यार्थी भएको बताईन् । अर्की विद्यार्थी रेखा मगरले आफूहरुको भविष्यमाथि खेलबाड गरिएको भन्दै राज्यसँग आक्रोश पोखिन् । उनले भनिन्,‘हामी आक्रोशित छौं । हाम्रो भविष्यसँग खेलबाड गरेको छ । विद्यार्थीहरुले महिनौंदेखि तयारी गरेका छन् । भाषा सिकेका छन् । लाखों खचै गरेर कागाजात तयार पारेका छन् । राम्रो र मान्यताप्राप्त विश्वविद्यालयमा जाने विद्यार्थीहरुलाई अनुमति दिईयोस । सहजीकरण गरियोस ।’
सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट ९एनओसी० नदिने भनेको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी बन्द गरिएको जनाईएको छ । सरकारले एनओसी बन्द गर्दा भाषा अध्ययन गरेर पैसासमेत बुझाइसकेको विद्यार्थीहरू बिचल्लीमा परेका छन् ।