काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र रास्वपाका सन्तोष परियार सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् ।
जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् । यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ । आज दुवै संसदमा विनियोजन विधेयक ९बजेट०का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ । त्यसकै तयारीमा सरकार लागेको छ ।