काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड ० ले शिक्षकहरुको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री शिक्षकलाई गाली गर्ने, अपमानीत गर्ने र हप्काउनेबाहेक केही नगरेको बताए । उनले भने, ‘लाखौं शिक्षक र विद्यालयहरु अहिले संकटमा छ । शिक्षकहरुको माग सम्बोधन गर्नु त कता हो कता प्रधानमन्त्री उनीहरुलाई नै अपमानीत गर्नमा लागिरहेका छन् ।’
उनले सरकारले शिक्षकहरुको मागलाई हल्का रुपमा नलिन चेतावनी समेत दिए। उनले यो सरकार आफ्नै बोझा थाम्न नसकेर सिद्धिने दाबी गरे । उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक ण्पटक आन्दोलन गर्नुभएको छ । पटक पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, शिक्षकहरूको अझै धेरै छ ।’
साथै प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको बताए ।