काठमाण्डौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरी यसबारे निर्देशन दिएका हुन्।
नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक(कर्मचारी साथीहरूमा जोडदार आग्रह गरेको छ ।
मंगलवार एक बिज्ञप्ती जारी गर्दै महासंघले २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दर्छु । उनीहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्। त्यस्तै उनीहरूले अहिलेको आन्दोलन शिक्षा ऐन जारी गरी उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको दाबी गरेका छन्।