नवलपरासी । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको डिएसपी अनिल पण्डितले जानकारी दिए । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएर सडकबाट नालामा खसेको हो ।
बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना सकुशल रहेको डीएसपी पण्डितले बताए । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरु गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन् ।
घाइतेहरुको विवरण
१. जिल्ला गोरखा, गो।न।पा।(०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न।पा। ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न।पा। १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा।पा। ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न।पा। ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा।पा।१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा।पा। वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न।पा। ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ।म।न।पा। १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न।पा। १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन्।
