काठमाडौं । नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न ५ स्थानबाट एलपी ग्यास बिक्री गर्दै छ। खाना पकाउने ग्यास अभाव झेल्दै आएका उपभोक्तालाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा पाँच स्थानबाट वितरण गरिन लागेको निगमले जनाएको हो। निगमका अनुसार पाँच स्थानबाट फरक– फरक ब्रान्डका ग्यास वितरण हुनेछन्। यसमध्ये निगमको टेकु परिसरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट र सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, सिद्धार्थ ग्यास, श्री ग्यास र हिमाल ग्यास वितरण हुनेछ।
यातायात कार्यालय परिसर चावहिलबाट नेपाल ग्यास र एचपी ग्यास वितरण हुनेछ। राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्टरसुगम ग्यास, श्रीमाया ग्यास, श्रीकृष्ण ग्यास, साइवावा ग्यास र ओम ग्यास वितरण गरिनेछ।
वसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल राधास्वामी, एचपी राधास्वामी, एभरेष्ट÷सुगम राधास्वामी, भानु ग्यास र ओम ग्यास बिक्री हुनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट÷सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, हिमाल ग्यास, एसटीसी ग्यास, लोकप्रिय ग्यास र सूर्य ग्यास बिक्री हुनेछ। ग्यास खरिद गर्न चाहने अति आवश्यक भएका व्यक्तिले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। वितरण शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने निमगले जनाएको छ।
