काठमाण्डौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकलाई बुधबार अर्थमन्त्रालयमा बोलाएर आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्यापमा राष्ट्र बैंकले आफ्नो भूमिका कसरी पुनर्परिभाषित गर्छ भनेर सोधेका छन्। चालु आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयनको सन्दर्भमा उद्योगी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिसकेका अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका अधिकारीहरूसँग अर्थतन्त्र सुधारमा राष्ट्र बैंकको भूमिकाको विषयमा छलफल गरेका हुन्।
अर्थ मन्त्रालयमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘निजी क्षेत्र अहिले नवीन अवसरसंगै बढी आत्मविश्वास खोजिरहेको छ। उहाँहरूलाई केवल सहुलियत होइन, स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन चाहिएको छ।’ आर्थिक रूपान्तरणलाई कार्यान्वयनमा लैजाने साझा अभियानको महत्वपूर्ण चरणको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरिएको भन्दै वाग्लेले सरकार र राष्ट्र बैंकको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्ने बताए।
वाग्लेले भने, ‘हामीले पछिल्लो एक दशकलाई फर्केर हेर्नुपर्छ। के हामीले नीतिगत रूपमा सही निर्णयहरू गर्न सकेनौँरु धेरै ठाउँमा सकेका थियौँ। तर ती निर्णयहरू कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम दिन सकेनन्रु किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयोरु किन लगानीको आत्मविश्वास कमजोर भयोरु किन बैंकमा तरलता बढ्दै गयो तर उद्योगमा कर्जा पुग्न सकेनरु किन पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै गयोरु किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेनरु’
यी प्रश्नहरू समीक्षा गर्ने विषय मात्रै नभएर यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीति निर्धारण गर्ने अर्थमन्त्रीको भनाई थियो। वाग्लेले कार्यकारी निर्देशकहरूसँग भनेका थिए, ‘के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँरु के हाम्रो नीतिगत स्पष्टता पर्याप्त छरु के हाम्रो निर्णय प्रक्रियामा पर्याप्त तत्परता छरु के हामी समस्या समाधान गर्ने नियामक हौँ, कि समस्या व्यवस्थापन गर्ने नियामक मात्ररु’
अर्थतन्त्र सुधारका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउँदै अर्थमन्त्रीले भनेका थिए, ‘हामीले अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्नेरु यही सोचमा अब परिवर्तन आवश्यक छ।’
सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन–कुन नीतिगत पहल गर्नुपर्छरु भनेर उनले कार्यकारी निर्देशकहरूसँग सोधका छन्।
‘उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छरु बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छरु पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छरु’ अर्थमन्त्रीले प्रश्नलाई निरन्तरता दिदै भने, ‘मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउनेरु डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउनेरु’
आगामी दिनमा राष्ट्र बैंकको नियमनको उद्देश्य केवल नियन्त्रण होइन, उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनमा केन्द्रित हुनुपर्ने अर्थमन्त्री वाग्लेले बताए। ‘हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छरु यो प्रश्न पनि हामीले आफैँसँग सोध्नुपर्छ,’ वाग्लेले भने।
अहिले नेपाललाई सबैभन्दा बढी नीतिगत आत्मविश्वास चाहिएको भन्दै उनले भने, हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छरु’ भन्ने सोचबाट छलफल गरौँ। यदि सरकार आत्मविश्वासी छ, नेपाल राष्ट्र बैंक आत्मविश्वासी छ, बैंकिङ प्रणाली आत्मविश्वासी छ र निजी क्षेत्र आत्मविश्वासी छ भने आर्थिक वृद्धि धेरै टाढाको लक्ष्य हुँदैन।’
सरकारका तर्फबाट आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएको र सुधारको प्रक्रिया सुरु भइसकेको अर्थमन्त्री वाग्लेको दावी छ। ‘आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ। अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ,’ वाग्लेले भने।
नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा होइन, नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहेको वाग्लेले बताएका थिए। ‘हामीसँग अहिले दुर्लभ अवसर छ। सुधारको राजनीतिक इच्छाशक्ति छ। आर्थिक स्थायित्वको आधार बनेको छ। निजी क्षेत्र अवसरका लागि तयार छ। अब राज्यका संस्थाहरूले पनि एउटै आत्मविश्वास, एउटै स्पष्टता र एउटै गतिका साथ अघि बढ्नुपर्छ,’ अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई भनेका छन्।
