काठमाण्डौं । कीर्तिपुर होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित उनका टिम पक्राउ परेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि उनीहरूको अवस्था बुझ्न त्यहाँ पुगेका अन्सारी, सरिश्मा थापासहित उनका टीमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो। उनीहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। घटनाप्रति नेपाल जेनजी मुभमेन्ट अलायन्सले प्रहरीको ज्यादती अन्त्य हुनुपर्छ भन्दै आपत्ति जनाएको छ। जेनजी मुभमेन्टले शान्तिपूर्ण रूपमा अनुगमन गरिरहेका र जोखिममा रहेका समुदायको पक्षमा उभिएका व्यक्तिहरूमाथि बल प्रयोग गरिनु अत्यन्त चिन्ताजनक रहेको भन्दै आपत्ति जनाएको छ।
उनीहरुले यस घटनाको तत्काल, स्वतन्त्र र पारदर्शी छानबिन गर्न, दोषीहरूलाई जवाफदेही बनाउन र पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
