काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बेलुकी ८ बजे बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागका पदाधिकारीहरूको मनोनयन सम्बन्धी विषयमाथि पनि निर्णय गरिनेछ ।
यस्तै अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति गठन तथा महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धी विषय पनि बैठकका प्रमुख एजेन्डामा रहेका छन् । बैठकमा पार्टी विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी निर्धारण तथा जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ।रास्वपाले आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ।
बैठकको कार्यसूची:
१. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा ।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
३. अनुशासनात्मक कारबाही सम्बन्धमा ।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
५. महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति सम्बन्धमा ।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
७. विधान संशोधन सम्बन्धमा ।
८. संघीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध ।
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
