काठमाडौं । आज १९ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको जगमा २०६२÷०६३ मा भएको जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेर १९ वर्षमा लागेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईए हो।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा आज विशेष समारोह भइरहेको छ। सममहरोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएका छन्। समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गरेका छन्। अघिल्ला वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेनन् ।
