काठमाण्डौं । सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ। १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गरेको हो।
सन्देशमा भनिएको छ, ‘सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।’
साथै, गणतन्त्र दिवस २०८३ को ऐतिहासिक अवसरमा प्रधानमन्त्री कार्यालयले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली जनतामा शुभकामना व्यक्त गरेको छ।
