काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै मोरङका सुकुम्वासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार विराटनगरको सनसारी माई मन्दिर परिषरमा भेला भएर भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी माथि नेपाल सरकारको ज्यादती विरुद्ध संयुक्त संघर्ष समिति मोरङको अगुवाईमा प्रदर्शनमा उत्रिएका सुकुम्वासीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफूहरु बसोवास गरिरहेकै स्थानमा तत्काल लालपूर्जा उपलब्ध गराउन माग समेत गरेका थिए। बिराटनगर क्षेत्र भित्र ५ हजार ६ सय ३० जना सुकुम्बासी रहेको संयुक्त संघर्ष समिती मोरङले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संघर्ष समितिका प्रतिनिधि इन्द्रबहादुर तामाङले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले जनताहरुको अधिकार लाई कुन्ठित गरेको आरोप लगाए।
निर्वाचनमा भोट लिने बेलामा बालेन साहले गरिबको बिषयमा अवाज उठाउने प्रतिवद्धता गरे पनि प्रधानमन्त्री भएपछि जनताको उठिवास लगाउने काम गरेको सुकुम्वासीहरूको गुनासो थियो। प्रधानमन्त्री साहले तत्काल राजिनामा नदिए कडा आन्दोलन गर्न बाध्य हुने सुकुम्वासी हरूले चेतावनीसमेत दिएका छन्। प्रदर्शनपछि सुकुम्वासीका प्रतिनिधिहरूको मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।
