काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल भइरहेको छ तर प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित छैनन्।संसदमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल शुरु भएको हो ।
नीति तथा कार्यक्रम बुधबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले टेबल गरेका थिए। तर विपक्षी दलले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री सहभागी हुनुपर्ने र जवाफ पनि दिनुपर्ने माग गरेका थिए। यसैका कारण बुधबारको बैठक सहज हुन सकेन।
सभामुख डोलप्रसाद अर्यालले बुधबार बेलुका प्रधानमन्त्रीसँग शाहसँग गर्ने बताएका थिए। तर बिहीबार पनि प्रधानमन्त्री प्रतिनिधि सभा बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिमै छलफल शुरु भएको हो। नीति तथा कार्यक्रममा विपक्षी सांसदहरूले ३५ वटा संशोधन प्रस्ताव हालेका छन्। नीति तथा कार्यक्रममाथिको छलफल बिहीबार नै सकेर जवाफ दिने कार्यक्रम तय भएको छ।
