काठमाण्डौं । राष्ट्रिय सभाको बैठक सुरु भएको छ। बैठकमा आर्थिक वर्ष २०८३/ ८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलकामा उठेका प्रश्नहरूका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आर्थिक वर्ष २०८३/ ८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि उनले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने म्भावित कार्यसूची छ।
त्यसैगरी, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/ ८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ( कर प्रस्तावबाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।
