काठमाण्डौ । सरकारले सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा जारी भएका ८ वटा अध्यादेश पेश गर्ने भएको छ। बैठक दिउँसो २ बजेको लागि बोलाइएको छ। सम्बन्धित मन्त्रीले संसद्मा अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संसद् बैठक आह्वान हुनुअघि सरकारले यी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए
