काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले नेपाल सरकारलाई पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई घटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले मूल्य वृद्धिलाई नघटाए आयल निगम घेर्ने चेतावनी दिएको हो । अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगभ घेराउ गर्ने चेतावनी दिए ।
छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति उनीहरुले आपत्ति जनाए । सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सह संयोजक अजय सोडारीले भने, ‘महँगी बढेको बढ्यै छ, मानौ यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् ।’
उनले परराष्ट्र र कूटनीति खलबलिँदै गएको र कालापानी लिपुलेखको भूमि अरू देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
‘
