काठमाडौं । नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्।
सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरे। अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ। यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।
अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् । ‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।
