Author: transparentkhabarnewsteam

नेपाली कांग्रेस महामन्त्री गगन थापाले भदौ २३ र २४ को घटनापछि देशको राजनीतिक परिस्थिति पूर्ण रूपमा बदलिएको बताउँदै पार्टीले आमनिर्वाचनअघि नै महाधिवेशन गर्नैपर्ने धारणा दोहोर्याएका छन्। उनका अनुसार भदौ २३ सम्म कांग्रेस सरकारको मुख्य साझेदार, संसदको ठूलो दल तथा नियमित गतिविधिसहित १५औँ महाधिवेशन २०८३ मंसिरमा गर्ने तयारीमा थियो। तर जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनले असाधारण उथलपुथल ल्याएपछि सरकार सडकबाटै अपदस्त भयो, अन्तरिम सरकार गठन भयो र संसद विघटन हुँदै फागुन २१ का लागि निर्वाचन घोषणा भयो। थापाले भने, “भदौ २३ र २४ का घटनाले हामी उभिएको राजनीतिक भूमिका एकैपटक भासियो। त्यसपछि बनेको नयाँ परिस्थिति सामान्य प्रक्रिया र समयसीमाले होइन, संकटले…

Read More

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्नेको धारणा व्यक्त गरेकी छन्। उक्त समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा दिएको अन्तर्वार्तामा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले तत्कालीन सरकार प्रमुखको रूपमा ओलीले नैतिक रूपमा जिम्मा लिनुपर्ने बताइन्। उनले भनिन्, “त्यस समय घटना सरकारकै समयमा भएको थियो। प्राकृतिक प्रकोप हुँदा पनि सरकारलाई दोष आउँछ। किनकि सरकार व्यवस्था गर्न, चेतावनी दिन, सतर्कता अपनाउन जिम्मेवार हुन्छ। यहाँ पनि विद्यार्थी जुलुसमा सुरक्षा व्यवस्थापन कमजोर देखियो। गोलाबारी हुँदा नवपुस्ताका करिब २२ जनाको एकैचोटि मृत्यु हुनु नेपाल इतिहासकै अत्यन्त दुःखद घटना हो। यसका…

Read More

प्रतिनिधि चयन अन्तिम चरणमा पुगेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका लागि आकांक्षी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकाले यसपटक ओलीलाई केही सहज भएको भए पनि पदाधिकारी व्यवस्थापन भने गाह्रो देखिएको छ। पोखरेललाई उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले समर्थन जनाएका छन्। यिनै नेताहरू इतर समूहतिर उभिएका कारण ओलीको आकांक्षी मिलाउने प्रक्रिया केही सरल देखिएको हो। एमाले विधानअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, उपमहासचिव १, महासचिव १ र सचिव ७ गरी १५ पदाधिकारी रहने व्यवस्था छ। यसपटक वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ। वरीयताक्रम केन्द्रीय…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार पदाधिकारी बैठक मध्यान्ह बस्नेछ। पार्टी केन्द्रीय कार्यालयमा हुने यस बैठकमा केन्द्रीय समितिमा लैजान लागिएको महाधिवेशन कार्यतालिकाबारे छलफल हुने नेताहरूले बताएका छन्। कार्यवाहक सभापति खड्काले पुसको अन्तिम सातामा १५औँ महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका आजको बैठकमा प्रस्तुत गर्ने तयारी छ।पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।

Read More

हामी नेपालका संस्थापक सुदन गुरूङले पोखरामा तय भएको कार्यक्रममा नेकपा एमालेले अवरोध पुर्‍याउन खोजेको आरोप लगाएका छन्। पोखरामा आज गुरूङलाई सम्मान गर्ने कार्यक्रम निर्धारित छ, जसका लागि पोखरा उद्योग वाणिज्य संघको सभाहल तयारी अवस्थामा रहेको छ।कार्यक्रमअघि गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूहरू पोखरा आउने जानकारी सार्वजनिक भएपछि केही समूह र एमालेले कार्यक्रम बिथोल्ने प्रयास गरेको दाबी गरेका छन्। गुरूङले लेखेका छन्, “पोखरामा जेनजी भाइबहिनीको संगठन बलियो बनाउन र देशप्रेमी आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीहरूलाई भेट्न हामी निस्किएका थियौं। तर हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको जानकारी पाएँ।” उनले आफूहरू कसैसँग पनि सामना गर्न नडराउने उल्लेख…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा अनुसार केन्द्रीय बैंकले लचिलो नीतिगत रुख अपनाउँदै ब्याजदर करिडोरका दरहरू घटाएको छ र व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा विस्तार गरेको छ। राष्ट्र बैंकले स्थायी तरलता सुविधा (SLF) दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशतमा ल्याएको छ। नीतिगत दर पनि ४.५० प्रतिशतबाट घटेर ४.२५ प्रतिशत कायम गरिएको छ। यद्यपि, निक्षेप संकलन दर २.७५ प्रतिशतमै यथावत राखिएको छ।व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउँदै अब यसको अधिकतम सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ तोकिएको छ। यसबाहेक, बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती…

Read More

नेपाली कम्युनिस्ट पार्टीले आज (सोमबार) कोशी प्रदेशमा एकता सन्देश सभा आयोजना गर्दैछ। प्रदेशस्तरीय सभा मोरङको विराटनगरमा हुने भएको हो। विराटनगरमा हुने कार्यक्रमलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले सम्बोधन गर्नेछन्। त्यस्तै नेता झलनाथ खनाल, वामदेव गौतमसहित प्रदेशका अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ। कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएपछि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। त्यसपछि एकताको सन्देश देशभर पुर्‍याउने उद्देश्यले पार्टी शुक्रबारदेखि प्रदेश दौडाहामा लागेको छ।पहिलो दिन सुदूरपश्चिम प्रदेशको सभा धनगढीमा सम्पन्न भयो। शनिबार लुम्बिनी प्रदेशको कार्यक्रम दाङको लमहीमा भयो भने आइतबार गण्डकी प्रदेशस्तरीय सन्देश सभा पोखरामा आयोजित गरिएको थियो। यसपछि मंसिर…

Read More

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ। महाधिवेशनसम्बन्धी विवादका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक आइतबार बस्ने भनिए पनि फेरि सारिँदै सोमबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। यता, कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको माग फिर्ता भए पुसमै नियमित महाधिवेशन गर्न तयार भएको जनाएको छ। आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २,४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको विशेष महाधिवेशन माग सम्बन्धी हस्ताक्षर फिर्ता भए मात्र सहमति हुने बताएका हुन्। भेटवार्तामा सभापति देउवाले पुसमा १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने आश्वासन…

Read More

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई भोलिदेखि भेहिकल–फ्री जोन घोषणा गर्ने तयारी गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनले “पाटन पाइला पाइलैमा” नामक कार्यक्रममार्फत चरणबद्ध रूपमा सवारी सञ्चालन रोक्ने प्रक्रिया सुरु हुने जानकारी दिए। उनका अनुसार पाटनलाई भेहिकल–फ्री जोन बनाउनु निकै चुनौतीपूर्ण रहेकाले कार्यक्रमलाई दुई चरणमा कार्यान्वयन गरिनेछ। मेयर महर्जनले स्थानीय बासिन्दाबाट सहयोग र साथको अपेक्षा गर्दै यो पहल दीर्घकालीन रूपमा अघि बढाइने बताए। पहिलो चरण लागू हुने क्षेत्र ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिर, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायण मन्दिर, तथा स्वठ चोकदेखि क्यालखु चोकसम्मका क्षेत्रमा सवारी साधन निषेध हुनेछ। यसका लागि निम्न मितिहरू तय गरिएको छः मंसिर १३, १७ र…

Read More

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार विशेष कार्यक्रममार्फत बिदाइ गरेको छ। २०७८ मंसिर १३ गते नियुक्त भएका घिसिङले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेपछि औपचारिक रूपमा बिदाइ पाएका हुन्। सो कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो। त्यस्तै, मिसन–२०२६ अन्तर्गत रहेका खेलाडी तथा प्रशिक्षकहरूलाई किट्स वितरण गरिएको थियो। सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र विभिन्न राष्ट्रिय खेल संघहरूले प्रशंसा पत्र प्रदान गरे। घिसिङले आफ्नो चार वर्षे कार्यकालमा प्राप्त उपलब्धिमा सहयोग गर्ने सबै खेलाडीप्रति धन्यवाद व्यक्त गरे। यसअघि…

Read More