Author: transparentkhabarnewsteam

काठमाडौं, १८ मंसिर । नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुला सत्रमा भीड धेरै हुने भएकाले ठूलो संख्यामा स्वयंसेवक आवश्यक पर्ने जानकारी दिए। बन्दसत्रका लागि भने करिब ५०० स्वयंसेवक खटाइनेछन्। एमालेको ११औं महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। ढकालका अनुसार पार्टीका २४ जनसंगठन तथा विभिन्न कमिटीबाट स्वयंसेवक परिचालित हुनेछन्। यससँगै एमालेले गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले पनि समन्वयमा भूमिका खेल्नेछ। उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, शौचालय तथा अन्य पूर्वाधार निर्माणका काममा स्वयंसेवकहरू…

Read More

१७ मंसिर, काठमाडौं। उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन्। उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक चेतमा सबैभन्दा ठूलो प्रभाव लोडसेडिङ अन्त्यको निर्णयले पारेको उल्लेख गरिन्। उनका अनुसार, देशमा सरकारको नेतृत्वले जनताको दैनिकीमा कस्तो प्रत्यक्ष असर पार्छ भन्ने कुरा पहिलोपटक बुझाएकै घटना लोडसेडिङको अन्त्य थियो। उनले भनिन्, “म जन्मिएदेखि राजनीतिक चेत आयो। त्यसबेलासम्म सरकारको नेतृत्वले मेरो जीवनमा पारेको सबैभन्दा ठूलो प्रभाव लोडसेडिङ अन्त्य थियो।” रिमाले सोही दिनदेखि कुलमान घिसिङलाई आफ्नो ‘अगुवा’ मान्दै आएको खुलासा गरिन्। उनले भनिन्, “लोडसेडिङ हटाउने दिनमै मैले कुलमान घिसिङलाई अगुवा मानेको…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्। पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनले सभापति बन्ने आकांक्षा सार्वजनिक गरेका हुन्। मंसिर १५ गते केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका स्वीकृत भएपछि थापाले आफू सभापतिका लागि उम्मेदवार बन्ने निर्णय स्पष्ट रूपमा बताएका हुन्। हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा पत्रकार निमेष बञ्जाडेसँगको अन्तर्वार्तामा उनले भने, “म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो।” थापाले कांग्रेसभित्र ठूलो समर्थन रहेको दाबी गर्दै थपे, “मलाई विश्वास छ नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औँ महाधिवेशनबाट यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी ममाथि विश्वासपूर्वक दिनेछन्।”

Read More

नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि चयन अन्तिम चरणमा पुगेको छ। यससँगै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा आकांक्षीहरू खुल्न थालेका छन्। तर अध्यक्ष ओली भने पार्टीभित्र प्रतिस्पर्धा बढ्न नदिन सक्रिय देखिएका छन्। भक्तपुरको गुन्डुस्थित आफ्नै नयाँ निवासमा बसेर ओलीले केन्द्रीय सदस्यहरूलाई आगामी महाधिवेशनका पदाधिकारीहरूको सूची आफैँ तयार पार्ने बताएका छन्। उनले सम्भावित ध्रुवीकरण रोक्न र उम्मेदवारी व्यवस्थापन गर्न यसपटक पनि ‘एकीकृत सूची’ नै प्रस्तुत गर्ने संकेत गरेका हुन्। गण्डकी प्रदेशका केही केन्द्रीय सदस्यहरू मंगलबार गुन्डु पुगेर ओलीसँग भेट गरेका थिए। भेटमा सहभागी एक नेताका अनुसार, ओलीले सबैको भावना प्रतिनिधित्व हुनेगरी सूची आफैँ बनाउने…

Read More

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ। आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना कमजोर भएपछि उनले पद छोड्ने निर्णय गरेको बताइएको छ। सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो। तर सत्तापक्षकै सांसदहरू अनुपस्थित हुने संकेत पाएपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो। नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले अहिलेको स्थितिमा विश्वासको मत जुट्न कठिन देखिएको हुँदा मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव…

Read More

मधेस प्रदेश सभाको बैठक मन्त्रीहरूको अनुपस्थितिका कारण स्थगित गरिएको छ। बिहान साढे १० बजे सुरू भएको बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरिन्। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो। सोमबार सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने आदेश दिएको थियो। सर्वोच्चले विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन निर्देश दिएको छ। यसअघि मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव पारित…

Read More

काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेका दुई महत्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ। निर्वाचन गराउने उद्देश्यले बनेको कार्की नेतृत्वको सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता गर्ने र भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको थियो। दुवै निर्णय सर्वोच्चले उल्ट्याइदिएको हो। सोमबार सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र यसको जिल्ला कार्यालय खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्रिपरिषद्को असोज २३ गतेको बैठकले गरेको खारेजी निर्णय कायम नरहने आदेश दिएको हो। आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि सर्वोच्चले खारेजीको…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन कार्यतालिकामा राखिएको समय–अन्तर (ग्याप) बारे प्रश्न उठाएका छन्। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गरेको थियो। थापाले बैठकमा लिखित अतिरिक्त प्रस्ताव पेस गर्दै कार्यतालिकामा देखिएको समय ग्यापबारे छलफल आवश्यक भएको उल्लेख गरेका छन्। लिखित प्रस्तावमा उनले भनेका छन्, “नियमित महाधिवेशन जुनसुकै अवस्थामा पनि हुनुपर्छ। कुनै कारणले नियमित महाधिवेशन हुन नसक्ने भए स्वतः विशेष महाधिवेशन हुनेछ।” उनका अनुसार, संस्थापन पक्ष हस्ताक्षर फिर्ता गराएर मात्रै कार्यतालिका ल्याउने अडानमा थियो। तर आफू र महामन्त्री विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ता नहुने स्पष्ट अडान राखेपछि संस्थापन पक्षले…

Read More

काठमाडौँ । पूर्वप्रतिनिधिसभा सांसद सुमना श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मतदान अधिकार नदिने कुरालाई “समय अभाव” र “दलीय सहमति नजुट्ने” बहानामा ढाकछोप गर्न लागिएको भन्दै आपत्ति जनाएकी छन्। उनले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकारलाई विदेशस्थित नेपाली तथा अन्तर–निर्वाचन क्षेत्र मतदान सम्भव नभएको जानकारी दिएका खबरप्रति प्रतिक्रिया जनाउँदै असन्तुष्टि प्रकट गरेकी हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले लेखेकी छन्, “दर्ता भइसकेका मतदातालाई मतदान गर्न नदिने कुन–कुन दल रहेछन्, नाम खुलाउनुस्। हामी पनि थाहा पाउन्। निर्वाचन आयोग संवैधानिक निकाय हो—सबै बालिग मतदातालाई समेटेर निष्पक्ष निर्वाचन गराउने म्यान्डेट पाएको। यसका लागि कुनै दलको अनुमति कुर्नु पर्दैन।” उनले वर्षौँअघि सर्वोच्च अदालतले विदेशस्थित…

Read More

नेपाली कांग्रेसले मंसिर मसान्तभित्र राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको नाम सिफारिस गर्न सम्बन्धित निकायहरूलाई परिपत्र गरेको छ। यो परिपत्र पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकको सोमबारको निर्णयअनुसार जारी गरेका हुन्। केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, “११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि विधानको धारा ३२ को उपधारा ९ (क) तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका उम्मेदवारका लागि विधानको धारा ३२ को उपधारा ८ (क) अनुसारको प्रक्रिया पूरा गरी नाम प्रस्ताव तथा सिफारिस गर्न स्पष्ट निर्देशनसहित परिपत्र गर्ने।” कांग्रेसले तल्ला तहबाट मंसिर मसान्तभित्र सिफारिस प्राप्त भएपछि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका उम्मेदवारहरूको टिकट एकैपटक वितरण गर्ने…

Read More