Author: transparentkhabarnewsteam
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै पाँच पूर्वमन्त्रीसहित ५६ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा परेकामध्ये पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य रहेका छन्। पूर्वमन्त्री पोष्टबहादुर बोगटीको निधन भइसकेकाले बिगो जफतको कानुनी प्रक्रियाका लागि उनकी पत्नी राममायालाई हकवालाको रूपमा प्रतिवादी राखिएको छ। बोगटीविरुद्ध के अभियोग छ? अभियोगपत्रअनुसार तत्कालीन पर्यटन मन्त्री तथा नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षको हैसियतमा बोगटीले नियमविपरीत निर्णय गर्दै पोखरा विमानस्थलको ठेक्का प्रक्रिया अघि बढाएको आरोप छ। प्राविधिक रूपमा असफल ठहरिएका बोलपत्रहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ का…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालसालै सार्वजनिक गरेको ३३ पृष्ठको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले रुसलाई विशेष रूपमा कठोर भाषामा उल्लेख नगरेकाले मस्कोले यसलाई सकारात्मक रूपमा स्वागत गरेको छ। रुसले यो रणनीति आफ्नो दृष्टिकोणसँग “लगभग मिल्दोजुल्दो” रहेको प्रतिक्रिया दिएको छ। दस्तावेजले युरोप ‘सभ्यतागत अस्तित्व’ संकटमा परेको उल्लेख गर्दै रुसलाई अमेरिकाका लागि प्रत्यक्ष खतरा मानिएको छैन। यसमा विदेशी प्रभाव रोक्ने, व्यापक आप्रवासन अन्त्य गर्ने, र इयूको ‘सेन्सरशिप’ जस्ता नीतिको आलोचना गर्ने बिषय समावेश छन्। धेरै युरोपेली विश्लेषकहरूले रणनीतिको भाषा क्रेम्लिनको झैं लागेको टिप्पणी गरेका छन्। तर रूसी अधिकारीहरू भने यसप्रति प्रशंसात्मक देखिन्छन्। क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले ताससँग कुरा गर्दै, “दस्तावेजमा देखिएका परिवर्तनहरू…
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका नगरवासीका लागि ९ बुँदे सहुलियत तथा सहयोग योजना पारित गरेको छ। आइतबार बसेको ७६औँ कार्यपालिका बैठकले विस्थापित घरधनी तथा व्यवसायी लक्षित निर्णयहरू गरेको हो। बैठकले सडक विस्तारका कारण घर भत्किएका नागरिकलाई पुनः आवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यसैगरी, व्यवसाय स्थल गुमेर कारोबार गर्न नसकेका व्यापारीहरूको लगत संकलन गरी, उनीहरूले पुनः व्यवसाय सुरु नगरेसम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गरिनेछ। निर्णयअनुसार प्रभावित क्षेत्रमा ‘हेटौंडा पहिचान’ झल्किने नमूना घर मोडल कार्यान्वयन, फास्ट–ट्र्याकमार्फत नक्सापास…
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रतिष्ठित आयोजना ‘कर्णाली सिंहदरबार’ का निर्माण ठेक्कामा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढामाथि सेटिङ गरेको आरोप उठेको छ। सामाजिक सञ्जालसहित केही मिडियामा मन्त्री बुढाले बोलपत्र आह्वानदेखि लागत अनुमान बढाउनेसम्मको प्रक्रियामा संलग्न रहेको दाबी गरिएका छन्। आयोजनाको इतिहास २०७६ मंसिर २३ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा कर्णालीका सबै मन्त्रालय एउटै भवनमा राख्ने लक्ष्यसहित ‘कर्णाली सिंहदरबार’ निर्माण गर्ने मन्त्रिपरिषद् निर्णय भएको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणतर्फ (वीरेन्द्रनगर–७, इत्राम) रहेको दुई बिघा जमिनमा भवन बनाउने योजना बनाइयो। सोही वर्ष तयार गरिएको प्रारम्भिक डीपीआरमा लागत अनुमान ५१ करोड निर्धारण गरिएको थियो। तर संघीय सरकारले जग्गा…
२१ मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी आइतबार विशेष अदालतमा प्रस्तुत भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका अधिकारीलाई आज अख्तियारको टोलीले अदालतमा पुर्याएको हो। अधिकारीलाई १७ मंसिरमा भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा घटेको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो। १९ मंसिरमा भएको थुनछेक बहस न्यायाधीशले मुद्दा हेर्न मिल्ने–नमिल्ने प्रश्न उठाएपछि स्थगित भएको थियो। आज न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सो मुद्दाको सुनुवाइ भइरहेको छ। यसैबेला, अदालत परिसर बाहिर अख्तियारले अधिकारीसहित ५६ जनामाथि अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपपत्र दर्ता प्रक्रियामा रहेको स्रोतहरूले…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्तिसहित एक कम्पनीविरुद्ध मुद्दा दायर गर्न लागेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा पेश गर्ने तयारी गरेको हो। अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा करिब ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको छ। सोही आरोपमा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटीलगायत पाँच पूर्वमन्त्रीमाथि मुद्दा चलाउने तयारी गरिएको छ। अख्तियारले आवश्यक प्रमाण संकलन गरी भ्रष्टाचारमा संलग्न ठहरिएका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
अमेरिकाले रूस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक पहल तीव्र पारिरहेका बेला दुबै देशले शनिबार राति एक–अर्कामाथि व्यापक हवाई हमला गरेका छन्। एपीका अनुसार रातभर चलाएको हवाई आक्रमणमा रूसले ठूलो संख्यामा मिसाइल र ड्रोन प्रयोग गर्यो। रूसले मात्र ६५३ ड्रोन र ५१ मिसाइल युक्रेनतर्फ प्रहार गरेको दाबी गरिएको छ। किभसहित २९ स्थानमा हमला हुँदा युक्रेनी सहरहरूमा रातभर सुरक्षा साइरन बजिरह्यो। युक्रेनले ५८५ ड्रोन र ३० मिसाइल आफ्नो प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ। युक्रेनका गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार कम्तीमा आठ जना घाइते भएका छन्, जसमा किभ क्षेत्रमा मात्रै तीन जनाको चोट लागेको छ। एलविभसम्म ड्रोन पुगेको पुष्टि युक्रेनी अधिकारीहरूले गरेका छन्। ऊर्जा…
विराटनगर । नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि ओखलढुंगा जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया विवादमा परेको छ। जिल्ला कमिटीले सदरमुकाममा सम्पन्न गरेको निर्वाचनलाई केन्द्रीय कार्यालयले अस्वीकार्य भन्दै बदर गरेको र पाँच दिनभित्र पालिकास्तरमै पुनः मतदान गर्न निर्देशन दिएको छ। यो विवादलाई संस्थापन समूह (केपी ओली) र ईश्वर पोखरेल समूहबीचको प्रतिस्पर्धा पनि मानिएको छ। ओखलढुंगामा अम्बिरबाबु गुरुङ नेतृत्वको प्यानल विजयी भएपछि अर्को समूहले विधि नमानिएको भन्दै केन्द्रमा उजुरी दिएको थियो। केन्द्रको निर्णयपछि अम्बिरबाबु गुरुङले भने, “हामी १३ गतेभित्र चुनाव गराउनुपर्ने निर्देशनअनुसारै अघि बढेका थियौँ। दुई दिन सहमतिको प्रयासपछि विधिपूर्वक चुनाव गरेौँ, ४१ जना सबै उम्मेदवार सहभागी भए, दस्तुर तिरे, मत खसालिए, नतिजा…
काठमाडौं, १८ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आसन्न ११औं महाधिवेशनमा पनि अध्यक्ष पदमा केपी शर्मा ओली नै दोहोरिने निश्चित भइसकेको दाबी गरेका छन्। पार्टीभित्र अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै आवश्यकता नरहेको उनले स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिरहेका बेला, रिमालले इच्छुकले आकांक्षा व्यक्त गर्न पाउने बताए। तर, पार्टी कमिटीले गर्ने निर्णय सबैले मान्नुपर्ने उनले बल दिए। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै जरुरी म देख्दिन। इच्छा व्यक्त गर्न पाइन्छ, तर अन्तिम निर्णय कमिटीको हुन्छ र त्यसलाई सबैले बोक्नुपर्छ।” रिमालले महाधिवेशन सम्पन्न भएपछि एमालेमा देखिएको दुई धार अन्त्य…
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी तयारी र समन्वयका विषयमा सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको अवस्थामा, प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेको काम तथा आवश्यक समन्वयबारे राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायसँग संयुक्त छलफल गर्न लागेको बताइएको छ। एक नेताका अनुसार छलफलमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपाका शीर्ष नेता तथा प्रतिनिधिहरूलाई बोलाइएको छ। साथै निर्वाचन आयोग र सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीले यस प्रकारको सर्वपक्षीय बैठक पहिलो पटक आह्वान गरेकी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क