Author: transparentkhabarnewsteam

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित शान्ति योजनाबारे छलफल गर्न उनका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर सोमबार जर्मनी जाने भएका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा जर्मनी, फ्रान्स र बेलायतका शीर्ष नेताहरूसँग वार्ता गर्नेछन्। ट्रम्पको शान्ति योजनामा युक्रेनले आफ्नो नियन्त्रणमा रहेको भूभागसमेत रूसलाई सुम्पनुपर्ने प्रस्ताव समावेश छ। जेलेन्स्कीले यसलाई लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। तर हालै उनले उक्त विषयमा जनमत संग्रहमार्फत निर्णय लिन सकिने सुझाव दिएका छन्, जसलाई ट्रम्पले सकारात्मक रूपमा लिएका छन्। यही पृष्ठभूमिमा विटकफ र कुश्नरलाई बर्लिन पठाउन लागिएको अमेरिकी अनलाइन माध्यम एक्सियसले जनाएको छ। युक्रेनले बुधबार ट्रम्पको शान्ति योजनामा अमेरिकालाई बुँदागत प्रतिक्रिया पठाएको…

Read More

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको सामूहिक गोलीकाण्डमा एक जना कथित बन्दुकधारीसहित १० जनाको मृत्यु भएको छ। घटनाका क्रममा उक्त क्षेत्रमा दर्जनौँ गोली चलेको जनाइएको छ। न्यु साउथ वेल्स राज्य प्रहरीले आइतबार साँझ पुष्टि गरेअनुसार नौ जना सर्वसाधारण र एक जना बन्दुकधारी भएको आशंका गरिएका व्यक्तिको मृत्यु भएको हो। आइतबार साँझ बोन्डी बीचमा जुविश महोत्सव आयोजना गरिएको थियो। अष्ट्रेलियन जुविश कार्यकारी परिषद्का सह–मुख्य कार्यकारी एलेक्स रिभचिनले भने, “मलाई लाग्छ यो घटना अत्यन्तै योजनाबद्ध र लक्षित थियो।” न्यु साउथ वेल्स प्रहरीले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा करिब साँझ ६ बजेर ४५ मिनेटमा क्याम्पबेल परेड क्षेत्रमा गोली चलेको खबर आएपछि प्रहरी टोली खटिएको…

Read More

नेपालमा भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौँको बाहिरी क्षेत्रमा रहेको चम्पादेवी डाँडामा पदयात्रा गर्ने क्रममा अचानक अस्वस्थ भएका छन्। उच्च स्रोतका अनुसार पदयात्राका क्रममा राजदूत अचानक अस्वस्थ भई बेहोस भएका थिए।तत्कालै उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइ अस्पताल भर्ना गरिएको थियो। “पदयात्राका क्रममा राजदूत अचानक अस्वस्थ भएका हुन्, उनलाई काठमाडौँ ल्याएर अस्पताल भर्ना गरिएको छ,” एक प्रहरी स्रोतले   बतायो। उद्धार कार्यबारे जानकारी भएका एक अधिकारीका अनुसार यो उचाइसम्बन्धी जटिलताका कारण भएको हो र उनी अहिले होसमा आएका छन्।

Read More

अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन विश्वविद्यालयमा भएको गोली हमलामा कम्तीमा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य नौ जना गम्भीर घाइते भएका छन्। घाइतेहरू अस्पतालमा उपचाररत छन् र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। स्थानीय समयअनुसार दिउँसो ४ बजेर ५ मिनेटतिर विश्वविद्यालयको एक भवनको पहिलो तल्लामा रहेको कक्षाकोठाभित्र गोली चलाइएको थियो। घटनामा परेका सबै व्यक्ति विद्यार्थी नै भएको पुष्टि गरिएको छ। हमलापछि कालो कपडा लगाएका एक पुरुषलाई भवनबाट बाहिर निस्किरहेको देखिएको जनाइएको छ। उनलाई लक्षित गर्दै प्रहरीको व्यापक खोजी अभियान सुरु गरिएको छ। क्याम्पस क्षेत्र सिल घटनापछि करिब ४ सय प्रहरी अधिकारीहरू परिचालन गरिएको छ। प्रोभिडेन्स सहरमा रहेको ब्राउन…

Read More

अमेरिकी सैन्य फौजले भेनेजुएलाको तट नजिकै ठूलो तेल ट्याङ्कर कब्जा गरेपछि दुवै देशबीचको तनाव नयाँ स्तरमा पुगेको छ। अमेरिकाकी महान्यायाधिवक्ता प्याम बन्डीका अनुसार भेनेजुएला र इरानबीचको तेल आपूर्तिबाट विदेशी आतङ्ककारी समूहलाई सहयोग पुग्ने ‘अवैध शिपिङ सञ्जाल’मा जहाज संलग्न रहेको दाबी गरिएको छ तर भेनेजुएलाले यो कदमलाई “अन्तर्राष्ट्रिय डकैती” भन्दै कडा आपत्ति जनाएको छ। क्यारेबियनमा बढ्दो अमेरिकी सक्रियता अमेरिकाले क्यारेबियन क्षेत्रमा ‘अपरेशन सदर्न स्पेअर’ अन्तर्गत लागुऔषध तस्करीमा संलग्न भनिएका जहाज र डुङ्गाहरूविरुद्ध आक्रमण तीव्र पारेको छ। सेप्टेम्बरयता २३ वटा जहाज नष्ट गरिएका छन् भने ८४ जनाको मृत्यु भएको छ।ट्याङ्कर कब्जा त्यसै कारबाहीको नयाँ चरणका रूपमा हेरिएको छ। भेनेजुएलाको सरकारी वक्तव्यमा अमेरिकाको…

Read More

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा १० लाख अमेरिकी डलर भुक्तानी गर्न सक्ने विदेशीहरूलाई लक्षित गर्दै ‘ट्रम्प गोल्ड कार्ड’ नामक विशेष भिसा योजना औपचारिक रूपमा सुरु गरेका छन्। यो योजनाले धनाढ्य विदेशी नागरिकलाई द्रुत गतिमा अमेरिकामा स्थायी बसोबास र नागरिकतामा पहुँच दिने व्यवस्था गर्छ। ट्रम्पले यस वर्षको सुरुतिरै यस्तो भिसा योजनाको घोषणा गरेका थिए। उनले बुधबार सामाजिक सञ्जालमार्फत गोल्ड कार्ड खरिद गर्ने “योग्य र जाँच गरिएका” व्यक्तिहरूलाई अमेरिकाको नागरिकतासम्म पुग्ने “सोझो बाटो” उपलब्ध हुने दाबी गरे। उनका अनुसार योजनाले अमेरिकी कम्पनीहरूले ‘मूल्यवान र प्रतिभाशाली’ कर्मचारीहरूलाई आफ्नो टिममै राख्न मद्दत पुर्‍याउँछ। योजनाको आधिकारिक वेबसाइटका अनुसार अमेरिकालाई “उल्लेख्य लाभ” पुर्‍याउन सक्ने…

Read More

किभ,  राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार, युक्रेन र उसका यूरोपेली साझेदारहरूले छिट्टै अमेरिकासँग रुसविरुद्धको युद्ध अन्त्य गर्न तयार गरिएको “सुधारिएको” शान्ति योजनाको कागजात प्रस्तुत गर्नेछन्। पछिल्ला केही दिनयता भएको उच्च–स्तरीय कूटनीति पछि उनले मंगलबार यो जानकारी दिए। ह्वाइट हाउसले छिटो शान्ति सम्झौताका लागि युक्रेनलाई दबाब दिइरहेको छ, तर कीभले गत महिनामा अमेरिकाको समर्थनमा आएको, र धेरैले रुसको पक्षमा देखिने प्रस्तावलाई स्वीकार गर्ने तयारी देखाएको छैन। युक्रेनी अधिकारीहरू सम्भावित सम्झौता भएपछि रुसले पुनः आक्रमण नगर्ने गरि कडा सुरक्षा ग्यारेन्टी पनि मागिरहेका छन्। जेलिन्स्कीले X (पूर्व ट्विटर) मा लेखे अनुसार, सोमबार लन्डनमा बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँग छलफल भएपछि सम्झौताका नयाँ बुँदाहरू तयार…

Read More

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र व्यक्तिवाद हाबी भइरहेको र नेतृत्व केही व्यक्तिको निर्णयमा मात्र सीमित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार यस्तो प्रवृत्तिले एमाले जनताबीच खुम्चिँदै जाने र आइशोलेशनमा पर्ने अवस्था बनिरहेको छ। काठमाडौंमा एघारौँ महाधिवेशनसम्बन्धी अन्तरसंवाद कार्यक्रममा सोमबार बोल्दै पाण्डेले नयाँ पुस्ता आकर्षित नहुने वातावरण पार्टीभित्र बनिरहेको बताए। उनले भने, “नयाँ पुस्ताले देखिरहेको छ चुनाव हुँदैन, प्रतिस्पर्धा गर्न पाइँदैन, माथिबाटै लिस्ट बनाएर नेतृत्व बनाइन्छ। यस्तो पार्टीमा किन आउने भन्ने प्रश्न स्वाभाविक छ।” उनका अनुसार पार्टीलाई पुनः विस्तार गर्न नेतृत्व संरचना र प्रक्रियामा परिवर्तन आवश्यक छ। यसका लागि कानुनी तथा संवैधानिक सुधार अनिवार्य रहेको उनले बताए।…

Read More

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने तय भएपछि सभापति पदका आकांक्षीहरूले खुलेर उम्मेदवारी घोषणा गर्न थालेका छन्। शेखर कोइराला, गगन थापा र कल्याण गुरूङले सभापतिमा उठ्ने संकेत गरिसकेका छन्। तर वर्तमान सभापति शेरबहादुर देउवा भने लगातार दुई कार्यकाल पूर्ण गरिसकेकाले विधानअनुसार अब उनी फेरि सभापति बन्ने स्थिति छैन। विधान संशोधन गरेर उठ्ने पक्षमा पनि देउवा छैनन्। उनले हालैको केन्द्रीय समिति बैठकमै नेतृत्व हस्तान्तरण गर्ने चाहना व्यक्त गरेका थिए। साथै, गत वर्षदेखि नै आफू राजनीतिक जीवनबाट अवकाश लिने तयारीमा रहेको बताउँदै आएका छन्। भदौ २४ को जेनजी आन्दोलनमा देउवा दम्पतीमाथि भएको आक्रमणपछि उनीहरू उपचार गराएर फर्किएका छन्।…

Read More

भारतको गोवामा अवस्थित एक नाइट क्लबमा भएको भीषण आगलागीमा चार जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। हिन्दुस्तान टाइम्स ले सोमबार सार्वजनिक गरेको मृतकहरूको सूचीमा चार नेपाली नागरिकको नाम उल्लेख गरिएको हो। आइतबार राति ब्रिच बाइ रोमियो लेन नाइट क्लबमा आगो लाग्दा २५ जनाको ज्यान गएको थियो। तीमध्ये चार नेपाली रहेको भारतीय मिडियाले जनाएको छ। ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन्। घटनाबारे परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि पुष्टि गर्दै भने, “चार जना नेपाली नागरिक मृत्यु भएको दुखद जानकारी प्राप्त भएको छ। नयाँ दिल्लीस्थित दूतावासले स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको छ।”…

Read More