Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा जानुभएको थियो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए । साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयोे । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित…
गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याएका थिए । उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उनको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले । ‘एक दशकदेखि अन्धकार…
लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो। घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव…
काठमाडौं । भारत–पाकिस्तान द्वन्द्वका कारण एक हप्ता रोकिएको इन्डियन प्रिमियर लिग ( आईपीएल )को पहिलो खेल वर्षाका कारण जोखिममा परेको छ। खेल नेपाली समय अनुसार शनिबार साँझ ७स्४५ बजे बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिने तय भएको थियो। तर बेंगलुरुमा वर्षाका कारण टसमा ढिलो भएको छ। खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी ) र कोलकाता नाइट राइडर्स ( केकेआर )बीच खेलिनेछ। आईपीएलको अंक तालिकामा गुजरात टाइटन्स १६ अंकका साथ शीर्ष स्थानमा छ। आरसीबी दोस्रो स्थानमा छ। आरसीबीको पनि १६ अंक छ।
काठमाण्डौं । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किरात समुदाय ( राई, सुनुवार, लिम्बू र याख्खा ) ले शनिबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी साकेला उभौली पर्व सामूहिक रूपमा मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच शनिबार नाचिएको हो । किराँतहरूका देवी र देवता सुम्निमा ९पार्वती० र पारुहाङ ९शिव०को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ । बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगब्याधी नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ । यसैगरी, साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ । साकेलामा ढोल,…
काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन् । वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् । कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक(गायिकाले पनि प्रस्तुति दिनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् । प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर…
काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएयता नागरिकले देशमा फेरि लोडसेडिङ सुरु भएको महसुस गरिरहेका छन्। पछिल्लो समय निरन्तर भइरहेको अघोषित लोडसेडिङबारे चर्चित हाँस्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) ले व्यङ्ग्य गरेका छन् । देशभर विभिन्न स्थानमा घरीघरी बिजुली झ्याप्प(झ्याप्प गइरहेको छ। यस क्रममा बिहीबार त एकपट देशैभर विद्युत् आपूर्ति बन्द भएको थियो। त्यतिबेला विद्युत् प्राधिकरणले ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत् बन्द भएको बताएको थियो। त्यसरी मुलुकभर एकसाथ बिजुली जाँदा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार स्पष्टीकरण दिँदै बिहीबार साँझ ढल्केबर(वसन्तपुरको…
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावललाई आफ्नो पार्टीमा जोडिनको लागि आग्रह गरेका छन् । पार्टीको अभियान लिएर भिम रावलको गृह जिल्ला अछामको साफेबगर पुगेको बेलामा प्रचण्डले रावललाई राजनीतिक सहकार्यको प्रस्ताव राखेका हुन् । उनले भीम रावलसँग पनि फोनसम्वाद भएको जानकारी दिए । भीम रावलसँगको कुराकानीबारे दाहालले भने,‘म यहाँ आउँदैगर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो, मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को(को सँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’ दाहालले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क