Author: Transparent Khabar
नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लॉ शुक्रबार नेपाल आइपुगेका छन्।उनी शनिबारदेखि (अप्रिल २६) औपचारिक रूपमा टिमको जिम्मेवारी सम्हाल्नेछन्, जब The Core Camp—चार टिमबीचको इन्ट्रा-स्क्वाड प्रतियोगिता—सुरु हुनेछ।यो क्याम्प जुन महिनामा हुने ICC Men’s Cricket World Cup League 2 का तयारीस्वरूप आयोजना गरिएको हो। स्टुअर्ट लॉ नेपाली राष्ट्रिय पुरुष टोलीको नेतृत्व गर्ने दोस्रो अष्ट्रेलियन प्रशिक्षक बन्न पुगेका छन्। उनी यसअघि डेभ व्हाटमोर पछि नेपाल आउन लागेका हुन्। नेपाल आउनु अघि उनले अमेरिका पुरुष राष्ट्रिय टिम को सफल नेतृत्व गरेका थिए। उनको प्रशिक्षणमा अमेरिका टिमले बंगलादेशविरुद्धको ऐतिहासिक T20I श्रृंखला जितेको थियो र ICC Men’s T20 World Cup 2024 मा…
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका मागहरू संविधान, कानुन र राष्ट्रिय बजेटको दायराभित्र रहेर सम्बोधन गरिने स्पष्ट पारेका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले सरकारले संवाद र सहमतिको माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्ने अडान दोहोर्याए। उनले शिक्षकहरूलाई वार्तामा सहभागी हुन आग्रह गर्दै, सरकार वार्ताका लागि सधैं तयार रहेको बताए। शिक्षामन्त्रीका अनुसार, वार्ताका लागि सरकारले पहिले नै पहल गरिसकेको छ र आफू पनि त्यसका लागि प्रतिबद्ध छन्। मन्त्री पन्तले वार्ता प्रक्रियामा लचकता देखाउँदै सबै पक्ष सकारात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
आज बि. सं. २०७२ को गोरखा भूकम्पबाट देशलाई भएको पिडाको स्मरणमा ललितपुर महानगरपालिका र काठमांडौको धरहरामा आयोजित स्मृति सभामा भूकम्पमा मृत्यु भएका सबैमा श्रध्दान्जली व्यक्त गरियो। भूकम्पबाट ऊत्पन्न पिडा स्मरण गर्दै आगामी दिनमा प्राकृतिक प्रकोप, विपद जोखिम न्यूनीकरण गर्न आवश्यक काम गर्ने र विपद भए पछि प्रभावकारी रूपमा प्रतिकार्य लगायतका काम गर्ने प्रतिबध्दता व्यक्त भयो।
काठमाडौं — संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत अधिवेशनको सुरुआत गरिएको हो। विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हालै हटाइएका कुलमान घिसिङको पक्षमा वकालत गरेको र ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधिएको विषयमा तामाङसँग प्रधानमन्त्री ओली रुष्ट थिए । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउन सरकारले प्रक्रिया अघि बढाइरहँदा तामाङले फरक मत राख्दै आएका थिए । घिसिङकै विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग तामाङको तिक्तता बढेको थियो । खड्काले राज्यमन्त्रीलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक आग्रह समेत गर्दै आएका थिए । तर उनको आग्रहको सुनुवाई भने भएको थिएन । गत २८ चैतमा तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनी मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण…
काठमाण्डौं । प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ ,कहिले हसाउँछ, कहिले रुवाउँछ, आँशु र हाँसोको संगम पनि गराउँछ।। दिपक खरेलको यो गित आज दुर्गा प्रसाईको जिवनमा साह्रै मेल खाएको छ । कहिले प्रचण्ड र केपी ओलीलाई मार्सी भात खुवाएर फाईदा लिने, कहिले बैकको ब्याज मिनाहाका लागि सयौ जनतालाई सडकमा उतार्ने प्रसाई आज भने एक्लै प्रहरीको भ्यानभित्र हतकडी सहित गुमनाम बने । गत चैत्र १५ गते राजधानीमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका जनकमाण्डर उनि आज भारतवाट पक्राउ परी काकडभिट्टा हुदै काठमाण्डौ ल्याईएका छन् । हिंसात्मक आन्दोलन भड्काएर प्रहरीको घेरा तोडी भाग्न सफल भएका प्रसाईलाई १३ दिनपछि भारतको आसाममा पक्राउ परेका…
काठमाण्डौं । नेपाली बजारमा आज ९शुक्रबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढी हो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच…
काठमाण्डौं । गत चैत्र १५ गते तिनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि फरार रहेका राजावादीले गरेको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईं अन्तत पक्राउ परेका छन् । उनलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाहुदै नेपाल ल्याइएको हो । प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल हुदै काठमाण्डा ै ल्याईदैछ । भारतमा पक्राउ परेको समाचार मिडियामा लिक भएपछि प्रहरीलाई अप्ठेरो परेको हो । नेपाल(भारतबीच सुपुर्दगी सन्धि नभएकाले कानूनतः एक अर्को देशका नागरिकलाई पक्राउ र हस्तान्तरण गर्न मिल्दैन । यद्यपि आपसी समन्वयमा अनौपचारिक तवरबाट यस्तो कार्य हुँदै आएको छ । दुर्गा प्रसाईँलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका हुन्…
२७ चैत, काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै सशक्त जित हासिल गरेको छ। पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो। कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रन बनाए भने शाहजैब जमिलले ३१, मुजीब उर रहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन जोडे। नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले समान १–१ विकेट लिए। विशेष उल्लेखनीय प्रदर्शन गरेका नन्दन यादवले डेब्यू खेलमै विकेट लिँदै टोलीमा प्रभाव जमाए। १५२ रनको लक्ष्य पछ्याउँदै नेपालले मात्र १७ ओभरमै २ विकेटको…
बुधबार सेयर बजारको नेप्से परिसूचक ९.६६ अंकले बढेर २,६७६ मा पुगेको छ। कारोबार रकम अघिल्लो दिनको ५ अर्ब ३० करोड रुपैयाँबाट घटेर ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भयो। १५४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ९० कम्पनीको मूल्य घटेको छ, र एक कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ र व्यापार बाहेक सबै क्षेत्रका सूचकहरू उकालो लागेका छन्। विशेष गरी, होटल तथा पर्यटन क्षेत्रको सूचक २.४४ प्रतिशतले वृद्धि भएको छ। विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, र अन्य क्षेत्रका सूचकहरू पनि सकारात्मक रहे। नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, जुन हालै बजारमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क