Author: Transparent Khabar
काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ मा हुने संघीय निर्वाचनका लागि विदेशी सहयोगको आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार, चालु आर्थिक वर्षको बजेटमा समावेश परियोजनाहरू र बाँकी रकमलाई उपयोग गरेर चुनाव खर्च र पुनर्निर्माण दुवै सम्भव छ। खनालले बताएअनुसार, हालैसम्म सञ्चालनमा नआएका १,३०० भन्दा बढी आयोजना छन्, जसबाट करिब रु १ खर्ब १० अर्ब बजेट उपलब्ध गराउन सकिन्छ। साथै, गोष्ठी, बैठक र अन्य शीर्षकका लागि छुट्याइएको करिब रु १२ अर्ब पनि योजना अनुसार उपयोग गर्न सकिने बताइएको छ। सरकारले यी बजेट स्रोतको प्रयोग गरेर: आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सहयोग, सार्वजनिक संरचना पुनर्निर्माण, क्षति भएका घरधुरीहरूको सहायता, जस्ता कामहरू…
काठमाडौं — पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई, २४ भदौमा उनका आफ्नै निवासमा भएको आगजनी र तोडफोडका क्रममा गम्भीर घाइते बनाइएको थियो। उपचार प्रक्रिया अन्तर्गत कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको बायाँ हात काट्नुपर्ने निर्णय गरिएको हो। उपचारपछि अहिले उनी वार्डमा सारिएकी छन्, र अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ।
काठमाडौं — गृह मन्त्रालयले काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। उनको स्थानमा एसएसपी रमेश थापा नियुक्त गरिएको छ, जो हाल प्रहरी प्रधान कार्यालय, नक्सलमा कार्यरत थिए। थापा पहिले पनि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्डमा काम गरिसकेका छन्। २३ भदौमा भएको “जेनजी” प्रदर्शनका क्रममा प्रहरीले व्यापक रूपमा बल प्रयोग गरेको, स्थिति नियन्त्रण बाहिर गएको र प्रदर्शनकारीहरूले संसद भवन प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो। त्यहाँ सिंहदरबार र अन्य महत्त्वपूर्ण संरचनाहरूमा समेत क्षति पुगेको थियो।
रसुवा कारागारबाट गत भदौ २५ गते फरार भएका ९७ कैदी बन्दीमध्ये ९१ जना कारागार फर्किएका छन्। प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहका अनुसार केही फरार कैदीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भने केहीले आत्मसमर्पण गरेका छन्। फरार रहेका कैदीहरूको सूचीमा रसुवा कालिका–३ का रूपेश नेपाली, रसुवा उत्तरगया–३ का छिरिङ भन्ने सुमन तामाङ, गोसाईंकुण्ड गाउँपालिका–१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका–३ का कर्मा सोनाम तामाङ रहेका छन्। यसका अतिरिक्त नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ पनि फरार रहेका छन्। प्रहरीले फरार कैदीहरूको खोजी जारी राखेको जनाएको छ।
चितवन — नेपालको पहिलो केबलकार, मनकामना केबलकार, आजदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, गत भदौ २३ र २४ गतेका प्रदर्शनका कारण २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि पुनः सञ्चालनमा आएको हो। सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मतसम्भारका कामहरू गरिएको उनले बताए। मनकामना केबलकार गोरखाको सिहद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने दर्शनार्थीहरूको सहजताका लागि सञ्चालन गरिएको हो। यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ।
काठमाडौं — संघीय संसदका बैठकहरू अब बानेश्वरस्थित पुरानो भवनमा नभई सिंहदरबार भित्र निर्माणाधीन नयाँ भवनबाट सञ्चालन हुने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार, हाल तीव्रगतिमा भइरहेको निर्माण कार्य पुष महिनाभित्रै पूरा हुने अनुमान छ, जसपछि बैठक त्यहीँ स्थानान्तरण गरिनेछ। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा बानेश्वरको संसद भवन क्षतिग्रस्त बनेको थियो। सो भवनलाई भने मूल स्वरूपमै फर्काउने गरी पुनर्निर्माण गर्ने योजना बनाइएको छ। निरीक्षणका क्रममा मन्त्री घिसिङले तत्कालका लागि सरसफाइ र मर्मत सुरु भइसकेको र दीर्घकालीन पुनर्निर्माणका लागि डिजाइन तथा योजनागत तयारी भइरहेको बताए। निरीक्षण टोलीमा अर्थमन्त्री रमेश्वर खनाल र गृहमन्त्री…
काठमाडौँ, – प्रतिनिधि सभा बैठक सञ्चालनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा प्रमुख सचेतकहरूका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया पनि सहभागी छन्। सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाए पनि सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति कायम नहुँदा गतिरोध कायमै रहेको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको राजीनासमेत उनीहरूको मागमा रहेको छ। तर, सत्तापक्ष उक्त मागमा सकारात्मक नभएकाले संसद् अवरुद्ध भएको हो। मंगलबार दुईपटक सूचना टाँसेर बैठक बस्न नसकेपछि…
पोखरा । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनको लागि शनिबार पनि स्कर्टिङ्ग गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कटिङ्ग गर्ने छ भने त्यहाँबाट नं। २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ । गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ्ग गरी यात्रुहरुलाई सुरक्षित रुपमा…
काठमाडौँ — हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई सहायक निरीक्षकहरूलाई विशेष बढुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीका अनुसार, सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई नायब निरीक्षकमा विशेष बढुवा गरिएको हो। त्यस्तै, नेपाल प्रहरीका प्रवक्ता डिआईजी रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको जानकारी दिए। छत्याल र शेर्पा दुवैले हालै सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरूको साहस र योगदानको कदरस्वरूप दुवै सुरक्षा निकायका प्रमुखद्वारा विशेष बढुवाको निर्णय गरिएको हो।
काठमाडौं, २०८२ जेठ ६ — सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। डा. पौडेलको पृष्ठभूमि डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनले विश्व बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) मा अर्थशास्त्रीका रूपमा काम गरिसकेका छन्। नियुक्तिको प्रक्रिया उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो। पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो। सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
अध्यक्ष: बिना थापा कार्की
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क