Author: Transparentgroup

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ। प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरी…

Read More

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी…

Read More

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक…

Read More

भारत । भारतको उत्तराखण्डस्थित उत्तरकाशी धराली गाउँमा बाढी आएको छ। मंगलबार बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको र कैयौं व्यक्ति बेपत्ता रहेको द हिन्दुले जनाएको छ। सामाजिक सञ्जालमा आएका भिडिओहरूमा कतिपय घरहरू समेत पुरिएको देखिन्छ। संघीय गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग कुराकानी गरी उद्धारका लागि पूर्ण समर्थन हुने बताएका छन्।नेसनल डिजास्टर रेस्पोन्स फोर्स र इन्डो टिबेटन बोर्डर पेट्रोलको टोली उद्धारका लागि खटिएको छ। स्टेट डिजास्टर रेस्पोन्स फोर्स पनि घटनास्थलमा खटिएको थियो। खीर गंगा नदी आसपासका क्षेत्रमा मुसलधारे वर्षा आएको थियो। उक्त वर्षापछि बाढी आएको स्थानीयहरूको भनाइ छ। घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले स्थानीयको उद्धार गरिरहेका छन्। हालसम्म…

Read More

रुपन्देही . संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान बुधबार रुपन्देहीमा हुने भएको छ। मोर्चाले विभिन्न ८ स्थानमा गर्न लागेको जनजागरण अभियानअन्तर्गत भोलि रुपन्देहीमा कार्यक्रमको आयोजना हुन लागेको मोर्चाको एक घटक दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्। सियारी २ स्थित सियारी गाउँपालिकाको सभाहलमा हुन लागेको उक्त कार्यक्रमको आयोजक नागरिक उन्मुक्ति पार्टी रहेको छ। यस अघि मोर्चाले काठमाण्डौंमा जनजागरण अभियान गरेको थियो। जनजागरण अभियान मार्फत मोर्चा गठनको आवश्यकता र औचित्यबारे मोर्चामा आवद्ध दलका मुख्य नेताहरुले प्रष्ट पार्ने बताइएको छ। मोर्चामा मधेशकेन्द्रित ७ दल रहेका छन्।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्। साथै टोल समन्वय समूह बनाई वडाभन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ। वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको हो। झाका अनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताए। बैठकले रूपन्देही उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। झाले भने, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडाभन्दा…

Read More

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथ भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद बाँस्कोटाले उनीहरुलाई शपथ खुवाएका हुन् । सरकार साझेदार नेकपा एमालेले सबै मन्त्री टुंग्याउँदा नेपाली कांग्रेसले एउटामात्र मन्त्रीको मन्त्रालय टुंग्याएर एउटा विनाविभागीय मन्त्रीलाई शपथ खुवाएको छ भने ५ मन्त्रीको नियुक्ति नै बाँकी राखिएको छ । नेपाली कांग्रेसबाट शपथ भएका मुख्यमन्त्री र मन्त्रीहरू १. इन्द्रबहादुर बानियाँः मुख्यमन्त्री २. कृष्णकुमार तामाङः खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय ३. शिवराज अधिकारीः बिना विभागीय मन्त्री नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू १. मधुसुदन पौडेलः…

Read More

हेटौडा । नेकपा ( एमाले ) ले बागमती प्रदेशमा बन्न लागेको नयाँ सरकारका लागि पार्टीको भागमा परेका ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ। इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्न लागेको नयाँ सरकारका लागि एमालेले मन्त्रीको नाम टुंगो लगाएको हो। जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँ रहेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना नयाँ मन्त्रिपरिषद्का सदस्यहरूमध्ये नेकपा एमालेबाट किरण थापा पुनः स्वास्थ्य मन्त्री बन्न लागेका छन्। मधुशोधन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, भरत केसी वन तथा वातावरणमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, रोजगार तथा…

Read More

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न…

Read More

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन् । बानियाँले हिजो ९सोमबार० मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनी नेपाली कांग्रेसको संसदीय दलका नेतामा निर्वाचित भएपछि मुख्यमन्त्रीमा दाबी गर्न हिजो प्रदेश प्रमुखको कार्यालयमा गएका थिए । बानियाँलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको तयारी छ । बानियाँनिकट उच्च स्रोतका अनुसार मुख्यमन्त्रीमा नियुक्त भए आज अपरान्ह ४ बजे शपथ हुने भएको छ ।

Read More