Author: Transparentgroup
काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोट सक्काउने योजना बुनेको थियो। तर, अन्तिम लक्ष्य नै पहिलो खेलको नतिजा रह्यो। आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो। नेपालले भुटानमाथि पछिल्लो दुई भेटमा १४ गोल गर्दै सहज जीत हात पारेको भए तापनि बुधबार आक्रमणलाई प्रभावकारी बनाउन सकेन। खेलको ४०औं सेकेन्डमै सेनु परियारले अग्रता दिलाए पनि नेपाल खेलमा अडिक…
काठमाडौं। न्याय परिषदले उच्च अदालतको न्यायाधीशहरु नियुक्तिका लागि नाम सिफारिश गरेको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिश गरेको हो । यसरी सिफारिश गरिएकाहरुको पदास्थपनसमेत तोकिएको छ । एक नम्बरमा यमबहादुर बुढामगरको नाम सिफारिश गरिएको छ । २ नम्बमा भने गोपाल प्रसाद बास्तोलको नाम सिफारिश भएको छ । उनी हाल धादिङ जिल्ला अदालतमा कार्यरत थिए । उनको पदास्थपन उच्च अदालत पाटन भनिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि–२०८२ को विरुद्धमा विभिन्न १० राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । राजनीतिक दलहरूको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पर्नेगरी आयोगले कार्यविधि मस्यौदा गरेको उनीहरुको ठहर छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्मविपरीत रहेको बताएका छन् । ‘संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर…
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको ‘समिति परामर्श तथा समन्वय उपसमिति’ले लामो समयदेखि विवादित बनेको शिक्षा विधेयकका मुख्य प्रावधानमा सहमति जुटाएको छ । उपसमितिले शिक्षकको बढुवा, निजी विद्यालयको छात्रवृत्ति र नेपाल शिक्षक महासंघको भूमिका जस्ता महत्वपूर्ण विषयमा नयाँ प्रस्ताव समितिको बिहीबारको बैठकमा पेश गरेको हो । जसले विधेयकलाई अन्तिम रूप दिन मार्गप्रशस्त गरेको छ । शिक्षक बढुवामा नयाँ व्यवस्था उपसमितिले शिक्षकको वृत्ति विकास र पदपूर्तिका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ । पहिलेको आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्थालाई परिमार्जन गर्दै तह अनुसार फरक–फरक विधि अपनाइने भएको छ । माध्यमिक तह ( तृतीय श्रेणी )…
काठमाडौँ । एमालेको सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्न घर भाडामा लिएकी छिन् ।भण्डारीको राजनीतिक खटनपटनमा सक्रिय अर्का नेताका अनुसार राजनीतिक गतिविधि बढाउन सहज होस् भनेर बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिएको हो । झन्डै ३ दसकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारी समूहले पनि कार्यालय खोल्न लागेको हो ।‘०४८ सालमा मदन भण्डारीले काठमाडौंमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, । त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्ने तयारी हुँदै छ,’ ती नेताले भने, ‘केही व्यवस्थापनका कामहरू पूरा हुनेबित्तिकै केही दिनमै भण्डारी…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’ आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा…
म्याग्दी । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । ‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो’, उनले भने, ‘सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।’ परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण…
काठमाडौं। गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन् । ‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ ।” उहाँले भन्नुभयो–“२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।’ उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए । ‘संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। उनले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताए । उनले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए। असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उनको भनाइ छ। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताए। नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको…
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट रूपन्देही क्षेत्र(३ को उपनिर्वाचनमा उम्मेदवार बन्न अनलाइनमार्फत आवेदन दिने म्याद हिजो सकिएको छ । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ । आवेदन दिनेमा रूपन्देहीका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थ नगरका डा। लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता ९शेखर०, कुसुम महर्जन, मधु अर्याल, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल छन्। रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क