Author: Transparentgroup
रविमाथि विभेद नगरी कैदीहरुले पाउने सेवा सुविधा उपलब्ध गराईएको छ –रुपन्देही कारागार ( विज्ञप्तीसहित )
रुपन्देही । रुपन्देही कारागारले रास्वपाका सभापति रवि लामिछानेमाथि कुनै विभेद नगरेको र अन्य सामान्य कैदीहरुलाई जस्तै सेवासुविधा उपलब्ध गराएको दाबी गरेको छ । विभिन्न मिडिया र सोसल मिडियामा लामिछानेमाथि विभेद गरिएको समाचार आएपछि कारागा प्रशासनले आज साँझ विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको हो । रुपन्द्येही कारागार प्रशासक सुरेश भण्डारीको नामा जारी गरिएको विज्ञप्तीमा कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या र आवश्यकताबारे सोधपुछ गर्ने गरेको र समस्या समाधान समेत गर्ने गरेको उल्लेख गरिएको छ । र, लामिछानेलाई अन्य सामान्य कैदीहरूभन्दा विभेद नगरी कार्यालयले सेवा–सुविधा उपलब्ध गराउँदै आएको भनिएको छ । प्रशासनले रविलाई राखिएको भनेर प्रकाशित कारागार भवनको तस्विरसमेत सक्कली…
काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेशमा किचलो सकिएको छैन । बहादुरसिंह लामालाई दलको नेताबाट हटाएर आफू मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँले समन्वय नगरेको भन्ने आरोप असन्तुष्ट पक्षले लगाएको छ । आज बहादुरले आफू पक्षधर सांसदहरुको छुट्टै भेला बोलाएका छन् । उनीहरुको बैठक काठमाडौंमा नै बस्नेगरि तय भएको उच्चस्रोतको दाबी छ । अहिले बहादुरको पक्षमा १५ जना सांसद छन् । लामाले पदबाट राजीनामा दिनुअघि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर शर्त राखेको कुरा बाहिरिएको थियो । तर, त्यो सहमतिबमोजिम मुख्यमन्त्री बानियाँ अघि नबढेको उनको आरोप छ। लामाले आफू पक्षधर सांसदलाई मन्त्री बनाउनको लागि देउवालाई भनेका थिए । त्यसमा देउवाले हुन्छ भन्ने जवाफ दिएका…
कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ,४६ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ । यसअघि पनि समूह –समूहबिच कुटपीट हुदै आएकोमा ब्लक एका कैदीबँदीलाई ब्लक बि…
महोत्तरी । साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबिच मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भएपनि धान रोपाइँ गर्न पाएका मैथिल ( मिथिलाका बासिन्दा ) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् । चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबिच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र ( डोरा, धागो ) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिलानै केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज सखारेदेखि बजारु चहलपहल…
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे…
सप्तरी । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले साउन २३ गते करीव ३ सय ९७ के.जी. गाँजा बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरेको हो । महादेवा पोखैर नहरको झाडीमा बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको हो । त्यस्तै बारा जिल्लाको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट साउन २३ गते करीव ३२ के।जी। गाँजा बरामद भएको छ…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको उत्तराखण्डमा गएको बाढीको क्षतिले मर्माहत बनाएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठुलो क्षतिले मर्माहत बनाएको छ। बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौँ भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ। गत बुधबार भारतको उत्तराखण्डमा गएको बाढीमा परी सयौँ बेपत्ता भएका थिए ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् । उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् । ‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरे। प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११स्५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो। उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो। उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइने राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन्। दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो। अन्य ४० मध्ये ३१ जना…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क