Author: Transparentgroup

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ । गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताउनुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिरसमुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू छन् । यिनै चाडपर्वहरूमध्ये नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्वपूर्ण हो । सभापति देउवाले यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्कनुभएको हो । भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।

Read More

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा ( सापारु ) । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । यसरी दिवङ्गत…

Read More

कैलाली । कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावग्रस्त स्थितिलाई लिएर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ। घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार आकस्मिक भेटघाट भएको छ। भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ। शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्को समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त सांघातिक हमलामा ४० वर्षीय…

Read More

भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको प्रसिद्ध एवं सांस्कृतिक गाईजात्रा पर्व शनिबार साँझदेखि विधिवत रूपमा सुरु भएको छ। दरबार स्क्वायर स्थित तलेजु मन्दिरबाट ‘घिन्ताङघिसी’ नाच ९लठी जुधाएर खेलिने नाच० निकालिएसँगै उपत्यकाकै सबैभन्दा लामो र आकर्षक मानिने यो जात्रा प्रारम्भ भएको हो। जनैपूर्णिमाको साँझ तलेजुबाट निकालिने घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै जात्राको सुरुवात हुने परम्परा छ। यद्यपि, जात्राको मुख्य दिन भने भोलि ( आइतबार )  हो। आइतबार भक्तपुरमा विशेष उल्लास र धूमधामका साथ गाईजात्रा मनाइन्छ। देशभरबाट हजारौं जात्रालु प्रेमीहरू भक्तपुरको मौलिक जात्रा हेर्न आउने गर्दछन्। आइतबार मनाइने मुख्य दिनको प्रमुख आकर्षण नै घिन्ताङघिसी नाच हो। वर्षभित्र दिवङ्गत भएका आफन्तको…

Read More

कैलाली। मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औंल्याएको छ । मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ । मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए । निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए । भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य रहेको बताए । उनले स्थानीय प्रशासनलाई घाइतेको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन्। सरकारले ‘राष्ट्रिय गुप्तचर ९इन्टेलिजेन्स० तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि यसलाई लिएर उनले विमती जनाएका हुन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आगनसम्म पुग्ने अधिकार भएपनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे। उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए। नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने बदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको शर्माको तर्क छ । नेपालमा कानूनको दुरुपयोग, अपव्याख्या धेरै हुने हुँदा…

Read More

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव झलनाथ भेट्न उनकै निवास डल्लु पुगेका हुन्। पार्टी अध्यक्ष माधव नेपालसँग झलनाथको टकराव उत्कर्षमा पुगेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। यद्यपि, नेता खनालको सचिवालयले भने सामान्य भेटघाट तथा समसामयिक विषयमा छलफल भएको जनाएको छ। माधव– झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव–झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए । इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको उनले बताए । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए । अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौँ र पोखरा सहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको…

Read More

कैलाली । जिल्ला कारागार कैलालीमा कैदीबिच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ। एक जनाको ज्यान जाने गरी भएको झडपको विषयमा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। शुक्रबार राति भएको झडपमा परी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य…

Read More