Author: Transparentgroup

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा –नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७०…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो रकम बराबरको धरौटी बुझाएर थुनामुक्त हुन निवेदन दिएको विषय न्याय परिषदमा छानबिनका लागि उजुरी परेको छ। सहकारी ठगी र संगठित अपराधको कसुरमा पुर्पक्षका लागि कारागारमा रहेका रविले थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा दर्ता गराएको निवेदन छानबिन र आवश्यक कारबाहीका लागि अधिवक्ता रमेशबहादुर रावलले सोमबार बिहान न्याय परिषदमा उजुरी दर्ता गराएका छन्। रवि लामिछानेसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा अदालतमा विचाराधीन रहेको अवस्थामा रविको निवेदन सन्दर्भमा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू समेतको नाम उल्लेख गरी विभिन्न प्रचारबाजी भएको भन्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको माग परिषदमा गरिएको छ। रविसहितको…

Read More

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिएका छन् । कारागारमा पुरुष कैदीका लागि एक सय ४० र महिला कैदीका लागि २० जनाको क्षमता भए पनि चार सय ४३ जना पुरुष र २७ जना महिला राखिएको छ । आइतबार जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको संयोजकत्वमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी र मानवअधिकारकर्मीले कारागारको निरीक्षण गर्दा कारागारमा जीर्ण भवनमा क्षमता भन्दा बढी कैदी भेटिएको जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले जानकारी दिए । उनले भूकम्प आएका बेला जीर्ण भवन जोखिम अवस्थामा रहेकाले मर्मत सम्भार आवश्यक रहेको बताए । चालु आर्थिक वर्ष प्रदेश र सङ्घीय सरकाबाट…

Read More

जनकपुर । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दाबढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१।५ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो। उनका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल वृद्धि भएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा…

Read More

काठमाडौँ । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । त्यसैगरी विधायन व्यवस्थापन समितिको…

Read More

काठमाडौँ । सोमबार देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसका कारण देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकीको पहाडी भू–भाग र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा…

Read More

पाँचथर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए । आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी गराए । “प्रतियोगिता सञ्चालनको मुख्य जिम्मेवारी प्रदेश सरकारको भएकाले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल चलाइरहेका छौं”, मन्त्री चौधरीले भने, “यसमा प्रधानमन्त्रीज्यूको पनि चासो रहेकाले चाँडै परिवर्तन तय गर्छौं ।” मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति अहिले डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको दाबी गरेका छन् । उनले डेलिभरी दिन नसक्दा राजनीतिप्रति आम जनताको वितृष्णा पैदा भएको बताए । उनले भने,‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ।’ युवासँग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पुस्ताले अब देशको नेतृत्व गर्ने पनि धारणा राखे । प्रमुख दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतले राजनीतिबाट विश्राम लिनुपर्ने थापाको सुझाव छ । उनले पाका नेताले राजनीतिबाट विदा लिए आफू धेरै खुशी हुनेपनि तर्क गरे । शीर्ष नेताहरुले राजनीतिमार्फत…

Read More

काठमाडौं । भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ । गत बिहीबार समितिले साढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको थियो । समितिमा भएको छलफल र सांसदहरूले राखेका संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वनत तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई दिइएको छ । प्रस्तावित विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय…

Read More

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ,“गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् । सबैलाई गाईजात्राको हार्दिक शुभकामना १” प्रधानमन्त्री ओलीले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको गाईजात्रा पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गर्नुभएको छ । “मृत्यु शोकमा रहेका परिवारले आआफ्ना घरबाट गाईजात्रा निकाल्नुपर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुआत…

Read More