Author: Transparentgroup
नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ।पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो। सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्। त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्। निर्मला खड्का, ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया प्रिया रहेको दूतावासले जनाएको छ।
काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ मा बस्दैछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा ( संरक्षण ) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । संविधानसभा सदस्य…
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता दिइएको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए। उनले भने, ‘७० वर्ष पहिला आँबुखैरेनी आएकी उनको परिवारका बारेमा कसैलाई जानकारी छैन। सबैले दुर्गा ठकुरी भनेर चिन्थे, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौं।’ वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए। ‘उनी कोसँग यहाँ आए, उनको परिवार को हो भन्ने कसैलाई थाहा छैन। खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिनुभएको हो । “आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो । पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गर्नुभएको…
बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराउनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र…
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री राणाले भनिन्, “सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र अन्तरआबद्धता जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिएका छन् । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको ‘कुलिङ पिरियड’ प्रावधानमा भएको छेडखानीमा समिति सभापति खतिवडालाई पनि नैतिक जिम्मेवार भनेर जीवन परियार नेतृत्वको समितिले भनेपछि देउवाले तत्काल राजीनामा दिन भनेका हुन् । अहिले देउवा निवास बुढानिलकण्ठमा रामहरि खतिवडालाई पनि साथमै राखेर उनले यस्तो निर्देशन दिएका हुन् । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी रहेको बताईन्छ । खतिवडाले आफूले गल्ती नगररेको दाबी गर्दै आएका छन् । समितिको प्रतिवेदन कार्यान्वयनको सवालमा सभामुख देवराज घिमिरेमाथि…
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो । लामिछाने आफ्नो भागको ठगी रकमको…
काठमाडौं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ ( क्यान ) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ ।उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् । ललितलाई मातृ शोक परेपछि उनी अस्ट्रेलिया नजाने भएका हुन्…
बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क