Author: Transparentgroup
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् । उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरूले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा दिइएको उनले स्पष्ट पारे । लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि उनले बताए । माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन,’ गृहमन्त्री लेखकले भने । उनले लगातार…
काठमाण्डौं । संसदीय समितिले प्रत्येक प्रदेशमा कम्तिमा एउटा नमुना कारागार निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिको तर्फबाट समिति सभापति विमला सुवेदीले कारागार कार्यालय कैलालीको परिसरभित्र २०८२ साल साउन २३ गते भएको घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध हुने आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइन्। उनले देशका विभिन्न जिल्लाहरुमा अवस्थित कारागारहरुमा समय समयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटना दोहोरिन नदिन र कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन पनि निर्देशन दिइन्। कारागार कार्यालय कैलालीको परिसरभित्र २०८२ साल साउन २३ गते…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस(एमालेसहितको गठबन्धन सरकार स्थिर सरकार भएको बताएका हुन्। बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नीतिगत स्थिरता कायम गर्नका लागि यो सरकार बनेको बताएका हुन्। मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो, उनले भने,तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको होरु प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन्। सरकार बनाउने संसद्को गणितले हो। बलियो जगमा बनेको सरकार आजै ढल्छ भोलि नै ढल्छ भनेर…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ। चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो । अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो । कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । उनले भने,साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो हल्ला नगरौँ।
काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ । कृषि…
काठमाण्डौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ। देशको अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाको अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा…
काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १.०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ।
काठमाडौँ । नाडा अटो सो २०२५ को आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अयोजनामा प्रदर्शनी हुन लागेको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । प्रदर्शनी प्रदर्शनीका लागि मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखि गतिशीलताको प्रतिबिम्ब भएको आयोजकले उल्लेख गरेको छ । ूगो फर मोरू भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने छ आयोजकको विश्वास रहेको छ। नाडा अटो सो २०२५ मा रोबोट्स – स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक…
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री बानियाँले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो। ११० सदस्य रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा २२ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो। उहाँले मुख्यमन्त्री बानियाँले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकोले मुख्यमन्त्री बानियाँले राख्नुभएको विश्वासको प्रस्ताव बहुमतले पारित भएको प्रदेश सभामुख पाठकले घोषणा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क