Author: Transparentgroup
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । साथै उनले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन् । राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सूसुचित गराउने कर्तव्यबाट च्युत हुन नहुने बताए । “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान…
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौतबारे भ्रम फैलाईएको भन्दै स्पष्ट पारेका छन् । उनले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर देश र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबी गरेका छन् । आज ९आइतबार० फेशबुकमार्फत आफ्नो धारणा राख्दै मन्त्री घिसिङले यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्– आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको…
काठमाडौं । नेकपा ९एमाले० का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब उप्रान्त कसैको घर, उद्योग नजल्ने र डिपार्टमेन्टल स्टोरहरुमा लुट्न नदिइने बताएका छन् । काठमाडौंमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले देश र जनताको सुरक्षाको प्रबन्ध गर्ने बताएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन लक्षित गर्दै उनले अब जनता आफैंले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था आएको र त्यसको नेतृत्व एमालेले गर्ने बताए । ‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा ९एमाले० छ । आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ । देशमा अबउप्रान्त कसैका घर जलाउन दिइने छैन । कसैका उद्योग…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरुले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रवन्धअनुसार चल्न निर्देशन दिएका छन् । कुनैपनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको पनि उनले उल्लेख गरेका छन् । मन्त्री पुनले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्नसकिने चेतावनी दिएका छन् । विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको…
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’ उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताएका छन् ।
काठमाण्डौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। उक्त अलायन्सले विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले फेरि सुकुमबासी बस्तीहरूमा डोजर लगाउने तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘नेपाली जनताको यति ठूलो हिस्सा आफ्नै देशमा कसरी भूमिहिन र विस्थापित बनाइए भन्ने ऐतिहासिक शृंखलाबद्ध राज्यको बदमासी, सामाजिक असंवेदनशीलता, विभेद, द्वन्द र बहिष्करणको ख्याल नराखी यस्ता निर्णय गरिनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘मौजुदा ऐन(कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे स्पष्ट व्यवस्था गरेको भए पनि त्यसलाई पूरा नगरीकन आतंक र भयको वातावरण सिर्जना गरिएको छ। यसले नागरिकको अधिकारलाई कुण्ठित गरेको छ।’ काठमाडौँ महानगरपालिकाका मेयर…
बारा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन्। पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उनले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले सो वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए। सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेका छन्। त्यस्ता खालका गुनासालाई सम्बोधन गर्नका लागि अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने खालको…
काठमाण्डौं । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन्। सेन्ट्रल मिडफिल्डर दीपेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पनि पुनरागमन गरेका छन्। नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत रहेका हरिले पहिलोपल्ट पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समालेका हुन्। उनै हरिले एक जना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन्। नेपाली टोलीबाट विमल पाण्डे र अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु बाहिरिएका…
जनकपुरधाम । सरकारलाई समर्थन गरेका दलका सांसदले नै विश्वासको मत नदिने घोषणा गरेपछि लोसपा नेता जितेन्द्रप्रसाद सोनार ९सोनल० नेतृत्वको मधेश प्रदेश सरकार २५ दिनमै ढलेको छ । प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि शनिबार साँझ सोनलले पदबाट राजीनामा दिएका हुन् । सोनल गत २९ असोजमा ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । सोनललाई त्यति बेला जसपा नेपालका १८, जनमतका १३, माओवादीका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन थियो । त्यसबाहेक नागरिक उन्मुक्तिकी सांसद उर्मिलादेवी सिंहको पनि समर्थन थियो । तर सोनल मुख्यमन्त्रीमा नियुक्त भएकै दिन जनमत पार्टीका सांसद पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह र सांसद त्रिभुवन साहले जनस्वराज पार्टी रोजेपछि सोनल…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र ( एयरफिल्ड लाइटिङ सिस्टम ) मा समस्या आएपछि चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६ देखि बन्द उडान राति १० बजेतिर पुनः सञ्चालन भएको थियो । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान ९नोटाम० जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । शनिबार काठमाडौँमा घाम अस्ताएसँगै विमानस्थलको धावनमार्ग अँध्यारो हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका दर्जन बढी उडान प्रभावित भएका थिए । यस विमानस्थलमा बेलुका ५स्१६ बजेदेखि प्रविधिमा आधारित रहेर उडान अवतरण हुँदै आएको छ । काठमाडौँमा जहाज अवतरण हुन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क