Author: Transparentgroup

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।   यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए। मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।   छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित…

Read More

काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१र०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सो प्रतिवेदन पेस गरे । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए । “देशको सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यवद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति रहेको छ”, उनले भने । उनले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व…

Read More

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउन्ड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। ‘लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्,’ उनले भने। दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए। प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह,…

Read More

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् । एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अब स्वास्थ्य परीक्षण गरेर उनलाई रिहा गर्ने तयारी छ । काठमाडौंबाट धरौटीमा छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर प्रहरीकहाँ लैजाने तयारी गरिएको छ । जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाडौंमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए । तर, चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको…

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् । उक्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद सचविालयमा पनि पठाउन सभामुख घिमिरेले निर्देशन दिएका छन् । रासस

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै ओलीले नेपालको लोकेसन र वातावरण अनुकुलका कारण डिजिटल वर्क सेन्टर बन्न सक्ने बताएका हुन् । ‘नेपाल कुलिङ सेन्टर नै हो । हामीसँग चिसो र प्रविधि अनुकुल वातावरण छ । ग्रीन उर्जा पनि पर्याप्त छ,’ ओलीले भने, ‘नेपाल ‘डिजिटल सेन्टर’ हुन सक्छ । डिजिटल वर्क यहाँबाट गर्न सकिन्छ ।’ डिजिटल पूर्वाधारका लागि उर्जा र कुलिङ एकदमै महत्त्वपूर्ण भएको अवस्थामा नेपाल त्यसका लागि उपयुक्त गन्तव्य बन्न सक्ने ओलीको भनाइ थियो । देशको कुल ग्राहस्थ उत्पादन…

Read More

हेटौडा। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका छ्न् । कांग्रेसको भागमा परेका ५ मन्त्रालयमा मन्त्री नियुक्तिसहित उनले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्रीलाई भने बानियाँले सूचीमा राखेका छैनन् । एमालेबाट ६ मन्त्री यसअघि नै नियुक्त भइसकेका थिए । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिइसकेका छन् । नवनियुक्त मन्त्रिहरूको शपथ भर्खरै सकिएको छ । यस्तो छ बागमती मन्त्रिपरिषद्का सदस्य १ इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २ मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ३ शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून…

Read More

अस्ट्रेलिया । अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो खेल खेल्दैछ। घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो सवा २ मा सुरू हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले नै गर्नेछन्। सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्। सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ। यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया(प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ। यो सिरिजपछि…

Read More

काठमाण्डौं । भारतले आज ९अगस्ट १५० आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ। सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएका छन्। त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। लाल किल्लामा तिरंगा फहराएपछि प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री बनेयता मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औँ पटक लाल किल्लाको पर्खालबाट भाषण दिएका हुन्। कार्यक्रममा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको थियो । ११ हजारभन्दा बढी सुरक्षाकर्मी र ३ हजार ट्राफिक…

Read More