Author: Transparentgroup
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सबै सहिदप्रति सम्मान प्रकट गरे। मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई पछ्याउँदै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे। उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरे। मधेसवादी दलहरूको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लागी राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो। रासस
काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ( राजेन्द्रबहादुर गोर्खाली ) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट पाएनन् ।
काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् । भट्टराईले देशको आवश्यकताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए । ‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो’ भट्टराईले भने– ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ । भट्टराईले संविधान…
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ । सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन प्रतिवेदन कार्यान्वयनका लागि आइतबार सम्बन्धित निकायमा पठाइएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख घिमिरेको निर्देशन बमोजिम कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको बताए । ‘सङ्घीय संसद् सचिवालयबाट पत्र पठाइएको छ, ‘सम्बन्धित निकायमा पुग्दै होला । सभामुख घिमिरेले शुक्रबार कांग्रेस सांसद जीवन परियार सभापतित्वको ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि…
काठमाडौँ। भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने छ । नेपाल रहँदा भारतीय विदेश सचिव मिश्रीले उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । भूमि विधेकयमाथि छलफल गर्न बोलाइएको बैठक केही मिनेटमै स्थगित भएको हो। बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको भएपनि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो। मन्त्री नै बैठकबाट बाहिरिएपछि समितिकी सभापति कुसुमदेवी थापाले समिति सदस्यहरूलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन्। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरूले विरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो। भूमि विधेयकमा सत्तारुढ दल कांग्रेस…
काठमाडौं। सहकारी ठगी र संगठित अपराध मुद्दामा रूपन्देही कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेलाई आज दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत भैरहवा हुँदै काठमाडौं ल्याउन लागिएको बताइएको छ । लामिछानेले कारागार सरुवाका लागि अदालतमा निवेदन दिएका थिए । निवेदनमा अदालतले मागबमोजिमको आदेश दिए पनि उनको कारागार सरुवामा ढिलासुस्ती गरिएको भन्दै आलोचना भइरहेको थियो । कारागार विभागले हिजो लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेको थियो । लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपाेर्ट जाने तयारी छ भने…
काठमाडौं । अधिवक्ता स्वागत नेपालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यको अन्तिम विकल्प भनेको मृत्युदण्ड नै रहेको बताएका हुन् । उनले पूर्वीय दर्शनले मृत्युदण्डलाई स्वीकार गर्ने बताए । तत्कालीन समयमा मनुस्मृतिले बलात्कारीको लिङ्ग काट्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले भ्रष्टाचारको अन्त्यका लागि एउटामात्रै विकल्प मृत्युदण्ड रहेको दाबी गरेका हुन् । ‘भ्रष्टाचारको सन्दर्भमा पूर्वीय दर्शनले मृत्युदण्ड दिन्छ । मृत्युदण्ड नमान्ने हिन्दु हुँदैन । हिन्दुले मृत्युदण्ड दिन्छ, हाम्रो दर्शन दण्डको हो । विश्वको सबैभन्दा पहिलो संविधान यो भूमिमा बनेको थियो । मनुस्मृति । मनुस्मृतिले भन्छ–बलात्कार गर्नेहरुको लिङ्ग काटिदिनुपर्छ ।…
ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । चार रात मध्ये आजको रातलाई मोहरात्रि भनिन्छ । आध्यात्मिक रूपमा अज्ञान, अंहकार र लोभलाई हटाई धर्म, ज्ञान र प्रेमको स्थापना भएको रातको रूपमा बुझिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृति स्वरूप आजको दिन…
काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क