Author: Transparentgroup

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् ।विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्‍मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । भेटका क्रममा आमा पदमाले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् । बहिनी पुष्पाले पनि बन्धक बनाइएका दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर…

Read More

काठमाण्डौं । देशभरका ५९ वटा स्थानीय तहरूले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानीय तहहरूले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन्। आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानीय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिए। बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानिय तहहरू रहेका छन्। बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानीय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट…

Read More

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले पाई–पाई हिसाब गरेर बक्यौता असुल गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता एक–एक गरेर तिर्नुपर्ने बताएका हुन् । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्ता कम्पनीहरुले प्राधिकरणलाई २२ अर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । उक्त बक्यौता १०औं वर्षसम्म पनि नउठाएको भन्दै मन्त्री खड्काले आक्रोश व्यक्त गरे । ‘१०औं वर्ष वक्यौता नउठ्दाखेरी यो वक्यौता उठाउने जिम्मेवारी हाम्रो हो, गर्नुपर्छ भन्ने लागेन तपाईँहरुलाई ? सरकारले के गर्दिन पर्ने ? तपाईँहरुलाई सम्पूर्ण जिम्मा दिएको छ । सरकारले जुन कानून…

Read More

काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिएका थिए। भ्रमणको औपचारिक मिति सार्वजनिक हुन भने बाँकी छ। तर, भदौ ३१ र असोज १ मा ओलीले भारत भ्रमण गर्ने गरि तयारी भइरहेको छ। भारत भ्रमणको निमन्त्रणा दिन आइतबार बिहान भारतीय विदेश सचिव मिस्री नेपाल आएका थिए। उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष…

Read More

पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः ३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् । जात्राको…

Read More

काठमाडौं  । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणको लागि आज (आइतबार) काठमाडौं ओर्लिएक भारतीय विदेशसचिव मिश्रीले आज मन्त्री राणासँग भेट गरेका हुन् । सो क्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध विविध आयामको विषयमा छलफल गरेको मन्त्री राणाको भनाई छ । दुई देशबीचको कनेक्टिभिटिी, व्यापार र विकास साझेदारी बलियो बनाउने विषयमा पनि कुराकानी भएको मन्त्री राणाको भनाई छ । सो क्रममा उनले भारतको छिमेक पहिलो नीतिको प्रशंसा गरेकी छिन् ।

Read More

काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपाल किमाथांका स्थित सीमा सुरक्षा पोष्ट ९बिओपी० र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेका नेपाल(चीन सीमाका स्तम्भ निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको किमाथांका बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका(१ किमाथांका चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमाना पर्ने नेपाल(चीन सीमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर(४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८र २, ६९ र १ र ६९ र २ नम्बरका स्तम्भ ( जङ्गेपिल्लर)  निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे…

Read More

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखरामा फाइभजी सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा तामाङ पत्रकार सङ्घले आयोजना गरेको ‘तामाङ मिडिया अवार्ड २०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले तीव्र गतिको इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताए। उनले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघभित्र फाइभजी सञ्चालन गर्ने उल्लेख भएको जानकारी दिए।‘अस्ति प्रधानमन्त्रीसँग भएको मेरो कार्यसम्पादन सम्झौतामा माघ महिनाभित्र तपाईंले फाइभजी लन्च गर्नुपर्छ भन्ने छ,’ मन्त्री गुरुङले भने, ‘त्यसकारणले माघ महिनाभित्र म काठमाडौं भ्याली र पोखरामा फाइभजी लन्च गर्छु।’ उनले यो वर्ष काठमाडौं र पोखरामा परीक्षणको रुपमा सुरु गरिने र…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट पारेका छन्। मुलुकी संहिता दिवस, २०८२ को अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार भूमिका हुनुपर्नेमा जोड दिए। ‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेका छौँ। धेरै विधेयक संसद्को यही अधिवेशनमा ल्याएका छौँ। यो सिलसिला अगाडि बढ्छ,’ उनले भने, ‘हामी केवल राजनीतिक लोकतन्त्रमा सीमित नभई पूर्ण लोकतन्त्रका पक्षमा छौँ। यसमा असमानता, भेदभाव र थिचोमिचोलाई मानिँदैन।’ ‘मुलुकी संहितामा देखिएका कमजोरी संशोधन गर्नुपर्छ…

Read More

काठमाडौं । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतवार धर्नामा बस्दै उनीहरूले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। गुठी संस्थानबाट महासंघले कानूनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। वकिलहरूको आक्रमणबाट पत्रकार महासंघ प्रदेश अध्यक्षसहित उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए। पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघ प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानसँग…

Read More