Author: Transparentgroup

काठमाडौँ । आज दिउँसो राष्ट्रियसभाको बैठक बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्ने भएको हो । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्। सङ्घीय संसद् सचिवालयलेका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसैगरी आजै अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।…

Read More

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधि सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् । गणतन्त्र र राजतन्त्रमा फरक(फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ । एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै उनले एमालेकै नीति(कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको भण्डारीले बताइन् । ‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो…

Read More

पाल्पा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसके विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए। पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ ।” उनले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुका चुनौती समाना गर्न सरकारसँगै सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् । हिन्दुकुश–हिमालय सांसदहरूको आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौतीको सामना गर्न सरकारको पहल मात्र पर्याप्त नभई सांसदहरूको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख गरिन् । जलवायु सङ्कट अब टाढाको पूर्वानुमान नभई दैनिक यथार्थ बनेकाले हिन्दुकुश–हिमालय क्षेत्रका मुलुकहरूले साझा प्रतिबद्धतासहित समाधानतर्फ अघि बढ्नुपर्नेमा मन्त्री राणाको जोड रहेको छ । उनले भनिन्, “हामी जनप्रतिनिधि केवल नीति निर्माता मात्र होइनौं, जनताको आशा र भविष्यका संरक्षक पनि हौं ।” विश्व मौसम सङ्गठनको…

Read More

काठमाडौं । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले अबको ६ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचनपछि संविधान संशोधनको विषय अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले प्रतिपक्षी दलहरु सरकारले सारेको मुद्दामा छलफल गर्न तयार नरहेको र राष्ट्रिय सभामा पनि दुई दलको प्रष्ट बहुमत नभएको कारण संविधान संशोधनको विषय अगाडि नबढाइएको बताएका हुन् । अबको ६ महिनापछि १९ सिटको लागि हुने राष्ट्रिय सभा निर्वाचनमा दुई दल मिलेर अगाडि बढ्ने पनि उनले बताए । ‘सरकारमा नरहेका दलहरु सरकारले अगाडि सारेका मुद्दाहरुमा छलफल गर्नका लागि त्यति धेरै सकारात्मक भइसकेका छैनन् । वातारण त बनाउनुपर्यो…

Read More

काठमाडौं। ओपनर आशिफ शेखको अर्धशतकका बाबजुद नेपालले टप इन्ड टी–२० सिरिजमा हारको श्रृंखला जारी राखेको छ। जारी प्रतियोगितामा यो नेपालको लगातार तेस्रो हार हो। सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार बेहोरेको हो। यसअघि नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो। मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो। नेपालका आशिफले सर्वाधिक ५३ रन बनाए। ४९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए।…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअल रूपमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताएका हुन् । आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आईटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रूपमा, जनतालाई सेवा सुविधा पुर्‍याउने कुरामा सहयोगीका रूपमा आईटीको प्रयोग गर्न जरुरी…

Read More

काठमाडौँ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि यहाँ सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । साथै बैठकमा हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि तथा…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन्। आज बिहान उनले विपिन सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जनाएका हुन्। प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएकाविपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए। उनले सरकार विपिन सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको जानकारी गराए। यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग आफूले पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको जानकारी दिए। उनको रिहाइका लागि आमा र बहिनी अहिले इजरायलमा छन्। त्यहाँ उनीहरुले राष्ट्रपति लगायतका विभिन्न संस्थालाई भेटेर…

Read More

जनकपुर । मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१÷८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो। सात वर्ष पहिले आव २०७५÷७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो। सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१÷८२ को सङ्कलन दोब्बर बढी भएको हो। मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ। कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन्। ‘राजस्व सङ्कलनमा यो…

Read More