Author: Transparentgroup

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सत्तारुढ दुई ठूला दल कांग्रेस र एमाले प्रतिपक्षमा रहेका साना दलहरुप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् । कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरे । गल्ती गर्ने जो कोही कानून र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘दुई ठूला पार्टीहरु सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरुलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको…

Read More

काठमाडौं । चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने सहमति भएको हो। विज्ञप्तिमा भनिएको छ, दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्। भारतले एकतर्फी रूपमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा मार्ग सञ्चालन गरेपछि नेपालले २०७७ सालमा नयाँ राजनीतिक नक्सा जारी…

Read More

काठमाडौँ — उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा ( nएमाले )  हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाए । उनले सरकारको तर्फबाट नै सम्मानित संसद् र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे । लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ थियो । परियारले नेपाली कांग्रेसलाई बीपी कोइरालाको आदर्श स्मरण गर्न…

Read More

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०मा आफनो मागहरु सम्बोधन नभएको भन्दै आन्दोलको घोषणा गरेको हो । भोलि विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँबानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने कार्यक्रम तय भएको छ । ६ गते, विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने, काठमाडौं उपत्यकामा २७ किमी चक्रपथवरिपरि स्कुल बसहरूको कालो झण्डा…

Read More

काठमाडौं। तीव्र गतिका बलर सोमपाल कामीले ५ विकेट लिएसँगै नेपालले टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो जित हात पारेको छ।बुधबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई रनले पराजित गरेको हो। योसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ। नेपालले यसअघि हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो। नेपालले दिएको १४० रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो।मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। २२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। जय लेमिरे १८ र ह्यारी डिक्सन १६ रनमा आउट भए। नेपालका सोमपालले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका…

Read More

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकुलताको कारण सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो । नेकपा ( एमाले  ) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली आज संसद् बैठकमा उपस्थित नहुने बताए । बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने जानकारी गराएका हुन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।

Read More

काठमाडौं । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन्। उनका अनुसार काबुल जाँदै गरेको बस मोटरसाइकल र मालबाहक ट्रकसँग ठोक्किएर आगो लागेको थियो।बसमा सवार सबै यात्रु र बससँग ठोक्किएका दुईवटा सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको छ। इरानले आफ्नै देशमा द्वन्द्वका कारण भागेका अफगानी शरणार्थीलाई देशबाहिर पठाउने प्रक्रिया तीव्र पारेको छ। सन् १९७० देखि लाखौं अफगानी इरान र पाकिस्तानमा शरण लिएर बसेका छन्। यसमा सन्…

Read More

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तय भएको छ । त्यसअघि उनीहरु छुट्टै छलफलमा जुटेका हुन् । कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर सुरु गरेपछि रास्वपाका सांसदहरु छलफलमा जुटेका हुन् । रास्वपा विगत लामो समयदेखि संसद्मा आन्दोलित छ । भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समितिको माग गरेर रास्वपा आन्दोलनमा छ । आजपनि सदनमा कसले बोल्ने भन्ने र के बोल्ने भन्ने विषय तय गर्न छलफलमा जुट्न लागेको बताईएको छ । रास्वपाले उपसभामुख रानालाई हटाउनको लागि कांग्रेस र एमालेले चालेको कदमको विरोध गर्ने भएको छ । आवश्यक…

Read More

अस्ट्रेलिया । अस्ट्रेलियामा जारी टप इन्ड टी(२० सिरिजमा पहिलो जितबाट हौसिएको नेपाल आज ९बुधबार० मेलबर्न रेनेगड्स एकाडेमीसँग भिड्दै छ। आफ्नो चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सलाई हराएर पहिलो जितको स्वाद चाखेको नेपाल आज पाँचौँ खेलमा मेलबर्न रेनेगड्ससँग प्रतिस्पर्धा गर्ने भएको हो। खेल नेपाली समयअनुसार अहिले बिहान ११स्१५ बजे सुरु हुनेछ। नेपालले यसअघि खेलेका चार खेलमध्ये सुरुका ३ वटामा लगातार हार भोगेको थियो। मंगलबार भएको चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। नेपाल पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा टोली बंगलादेश एसँग ३२ रनले र मेलबर्न स्टार्स एकाडेमीसँग ३१…

Read More

काठमाण्डौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ९ पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा मानव बेचविखन तथा ओसारपसार ( नियन्त्रण )  पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

Read More