Author: Transparentgroup

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तीजलाई प्रायस् गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’ प्रधानमन्त्री ओली थप लेखेका छन्, ‘प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् । हाम्रो संस्कृतिले…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा  सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ । यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै…

Read More

काठमाडौँ । हरितालिका (तीज  )  पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३स्०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम…

Read More

काठमाडौँ। हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शन गर्न आउने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो…

Read More

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको छ । संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेकोहो । सभामुख देवराज घिमिरेले समितिको सभापति लामो समयसम्म रिक्त नराख्न भनेका थिए । यो समितिको सभापतिमा नेपाली कांग्रेसले नै दाबी गर्ने भनिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज समितिको सभापतिको उम्मेद्वार तय गर्न पदाधिकारी बैठक राखेका छन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेको बताईन्छ । देउवाले सो समितिको सभापतिमा पठाउने सांसदको नाम आज तय गर्ने भएका हुन्…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उनले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिए । “विसं २०८४ मा मेरो पालो आउँलारनआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उनले भने, “डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन ।” नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा गएका छन् । लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरएका छन् । लामिछाने यतिवेला ललितपुरको नख्खु कारागारमा छन् । उनलाई हालै भैरहवाको कारागारबाट काठमाडौं ल्याईएको हो । रवितकी पत्नी निकिता पौडेल लामिछानेले आफूले उच्च अदालत बुटवलको ढोका ढक्ढकाएको स्पष्ट पारेकी छिन् । उनले आफू श्रीमतीको रुपमा संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने भनेकी छिन् । उनले आफ्ना श्रीमानको जीवन सुरक्षित नभएको बताईन् । उनले फेशबुकमा लेखेकी छिन् आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ…

Read More

काठमाडौं। मनाङ प्रदेशसभा क्षेत्र नं–२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । सो निर्वाचन क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) ज्यान मुद्दामा दोषी ठहर भइ पदमुक्त भएका थिए । सो मुद्दाको पूर्णपाठ सार्वजनिक भएसँगै मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र २ मा उपनिर्वाचनको बाटो खुला भएको हो । सो मुद्दाको पूर्णपाठ नआएको कारण मनाङ प्रदेश सभा– २ को निर्वाचन मिति तोकिएको थिएन । सो मुद्दाको पूर्णपाठ आज ९सोमबार० सार्वजनिक भएको हो । निर्वाचन आयोगको अनुसारमनाङ प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने तयारी रहेको छ । दल दर्तालगायतका प्रक्रिया छोट्याएर भएपनि…

Read More

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउनुलाई नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भनेका छन् । आज (सोमबार) पार्टीले आयोजना गरेको नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसीको दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य उल्लेख रहेको बताएका हुन् । ‘हरेक दस्तावेजमा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो ? यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो, सामान्य घात होइन,’– उनले भने ।एमसीसीमा राष्ट्रघात हुनेखालका दर्जनौं…

Read More

काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा ९झुठो बोल्ने०को सरदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् । आजपा काठमाडौं उपत्यका विशेष कमिटीको काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले पार्टीले विगतमा नै कारवाही गरि निकालिसकेका व्यक्तिलाई हुँदै नभएको पद भन्दै पार्टी प्रवेश गराएर झुठ र भ्रमपूर्ण कुरा गर्दै प्रचार गरिरहेको बताए । ‘प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीजी भनेको लाबराहरुको सारदार हो । झुठो कुरा गर्ने, अपवाह फैलाउने, हुदै नभएको पदमा रहेको भन्दै विगतमै पार्टीले कारवाही गरिसकेकालाई पार्टी प्रवेश गर्दै भ्रमपूर्ण र झुठको प्रचारमा गर्दैछन,’ आजपा…

Read More