Author: Transparentgroup
काठमाण्डौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी देवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । संघीय संसद सचिवालयले तोकेको समयभित्र नेपाली कांग्रेसकी सांसद न्यौपानेले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । राज्य व्यवस्था समिति कांग्रेसको भागमा परेको समिति हो । न्यौपानेले आजै संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । न्यौपानेको मनोनयनमा खतिवडा आफैं प्रस्तावक बसेका छन् ।
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पूवर्धाधारविना तत्काल सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगराउन माग गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारले अनिवार्य सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाएको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘विगत वर्षदेखि नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरूपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको सर्वविदितै छ, हाल पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०८२र०४र२० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार सार्वजनिक सूचना प्रकाशित गरी २०८२र६र१ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने सूचना प्रकाशित गरी…
काठमाण्डौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले किसान सडक आन्दोलनमा आउन बाध्य हुनु अत्यन्त दुखद भएको बताएका छन् । कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै नहुने बताउँदै कोइरालाले किसानको माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन्। ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ? ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’ खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको विषमा दल हिमालझैं अडिग रहेको स्पष्ट पारेको छ । नेपालको यस क्षेत्रमाथिको अधिकार ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानूनी प्रमाणहरुले निर्विवाद रुपमा स्थापित गर्ने पनि रास्वपाको दाबी छ । रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनबीच नेपाली भुभाग लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने विषयमा भएको हालैको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । खनालले प्रधानमन्त्री केपी…
काठमाण्डौं । आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालो नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ। पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको शपुपति क्षेत्र विकास कोषले जनाएको छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए। केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने जोशीले बताए। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन्। पशुपति क्षेत्रको बाहिरी भागबाट…
काठमाडौं । रााष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को ६२ औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरिने भएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भदौ १३ गते खेलकर्मीलाई सम्मान गरिने छ। सिनियर÷जुनियरमा समान १–१ पुरुष÷महिला गरी चार खेलाडी र एक पारा खेलाडीलाई नगदसहित सम्मान गरिने छ। सिनियरलाई समान एक÷एक लाख तथा जुनियर र पारा विधामा समान ५०–५० हजार रुपियाँसहित सम्मान गरिने छ। खेलकुद पत्रकार पुरस्कार विधामा समान एकरएक पुरुषरमहिला समान २०–२० हजार रुपियाँसहित सम्मानित हुने छन्। प्रशासन र प्राविधिक ९दुई करारसहित० तर्फ समान चाररचार गरी आठ कर्मचारीलाई नगदसहित सम्मान गरिने छ । सर्वोत्कृष्ट दुई जनालाई समान २५–२५ हजार, उत्कृष्ट…
काठमाडौं । तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ । श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन्। पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ। विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो।
काठमाडौं । तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिने भएको छ । जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिने जनाइएको छ । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा आज राति २ बजेदेखि ड्युटी परिचालन हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छभने मेलाको सम्पूर्ण कमाण्ड नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्ने उनले बताए । उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा…
काठमाण्डौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। आगामी सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेको सैन्य स्रोतले जानकारी दिएको छ। सिग्देललाई चीनबाट ११औं बेइजिङ सियाङ्सान फोरममा सहभागी हुन निमन्त्रणा आएको थियो। भ्रमण स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिएको छ। अहिले उनी थाइल्यान्ड भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि प्रधानसेनापति सिग्देल चीन जान लागेका हुन्। उनले चीनमा रक्षामन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो विषयबारे आफूसमक्ष जानकारी आइनसकेको बताए। ‘प्रधानसेनापतिज्यूको चीन भ्रमणबारे अहिले मलाई…
काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले हरितालिका तिजलाई नेपाली महिलाहरूको सांस्कृतिक पर्वका रूपमा मात्र नभई लैंगिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत मनाउनुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका छन्। हरितालिका तिज, २०८२ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका छन्। दाहालले भनेका छन्, ुनेपाली महिलाले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तिजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैंगिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क